• कार्तिक २५, सिन्धुली/सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति चौथो फुटबल प्रतियोताको उपाधि ब्याङखाडी युवा क्लब ब्याङखाडी महोत्तरीले हात पारेको छ ।

    आज भएको फाइनल प्रतियोगिता दुधौली तालिम केन्द्र दुधौली सिन्धुली लाई १—४ गोल अन्तरले हराउँदै ब्याङखाडी युवा क्लबले उपाधि हात पारेको हो ।

    विजेता क्लवलाई कमलामाई नगरपालिकाका नगर उपप्रमुख तथा समापन कार्यक्रमका प्रमुख अतिथि मन्जु देवकोटाले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ । त्यस्तै उपविजेतालाई १ लाख २५ हजार १ सय ११ रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
    इनारपानी युवा क्वव कमलामाई नगरपालिका वडा नम्बर ९ , भिमानको आयोजना तथा कमलाई नगरपालिकाको ३ लाख सहयोग तथा विभिन्न संघसँस्थाको सहयोगमा कार्तिक १५ गते सहिद ऋषिराज देवकोटा (आजाद)स्मृति चौथो फुटबल प्रतियोगिताको उद्घाटन गरिएको इनारपानी युवा क्लवका अध्यक्ष जिवन चौहानले बताउनु भयो ।
    त्यस्तै उत्कृष्ठ खेलाडिलाई ५ हजार नगद,कप,मेडल र प्रमाणपत्र, सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षक लाई ३ हजार नगद, कप, फमेडल र प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिएको छ ।
    फुटबल प्रतियोगिता कमलामाई नगरपालिका ९ भिमान स्थित सृजना जनजाग्रिती माविको मैदान गरिएको थियो । प्रतियोगितामा १५ वटा टिम दर्ता भएको थियो ।