तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सिन्धुलीको अध्यक्षमा धनबहादुर स्याङ्तान सर्वसम्मत चयन
कार्तिक १९, सिन्धुली/तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा धनबहादुर स्याङ्तान सर्वसम्मत चयन हुनुभएको छ । आज भएको भेलाबाट धन बहादुर स्याङ्तानको अध्यक्षतामा ५१ जनाको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितीको उपाध्यक्षमा कुमारजंग लोप्चन, सचिव ज्ञान बहादुर थोकर,सहसचिव पदम बल, आइत सिं मोक्तान, कोषाध्यक्षमा गोबिन्द थिङ लगायत ५१ जनाको कार्यसमिति चयन गरिएको हो ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्ष दिर्बु सिं मोक्तानको अध्यक्षता तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य परशुराम तामाङको प्रमुख आतिथ्यतामा जिल्लाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुर्यमान दोङ, माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु महेश्वर दाहाल, उर्मिला लामा, गंगा बहादुर तामाङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका बागमति प्रदेश अध्यक्ष अकल तामाङ, माओवादी केन्द्रका सिन्धुली जिल्ला सम्योजक पानीराज बम्जन, बागमती प्रदेश सदस्य शुष्पा भुजेल लगायतको उपस्थिती रहेको थियो ।