नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान सर्वसम्मत चयन
असोज ७,सिन्धुली/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान(बृहत) सर्वसम्मत चयन हुनुभएको छ । हिजो (शनिबार)बाट सिन्धुलीमाढीमा सुरु भएको नेपाल तामाङ घेदुङ सिन्धुलीको ९ औँ जिल्ला अधिवेशनले स्याङतानको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा सरस्वती लामा र फुर्वा लामा,सचिवमा राम बहादुर थिङ , सहसचिवमा बिज्ञान दोर्जे बल,कोषाध्यक्षमा बाबुलाल ब्लोन चयन हुनुभएको छ ।
सदस्यहरुमा देब बहादुर गोले ,शुभद्रा घलान,बिभलमान मोक्तान,सुनमाया तामाङ,बिमला तामाङ,रुपेश मोक्तान,मेघ बहादुर तामाङ।धन बहादुर स्याङ्तान र बिष्णु स्याङतान गरी १५ सदस्यीय कार्यसमिति चयन भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया