• भदौ २६, सिन्धुली/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको ३३ औँ बार्षिक साधारण सिन्धुलीमाढीमा समुद्घाटन गर्नुभएको छ । सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री जमरकट्टेलको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभाको उद्घाटन गरिएको हो ।

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पेट्रोलियम पदार्थको आयातका कारण नेपालमा व्यापार घाटामा गएको बताउनु भएको छ । सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको ३३ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले पेट्रोलियम पदार्थ आयातका कारण नेपालले व्यापारमा घाटा बेहोरिरहेको बताउनु भएको हो ।

    मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनेद दाबि गर्नुभएको छ । जसको लागि समुदायमा आधारित कृषि उत्पादनको नमुना निर्माण भइरहेको उहाँको भनाई छ । पहिलो चरणमा बागमती प्रदेशका १० वटा जिल्लाका ६० हजार किसानलाई समट्ने गरी कार्यक्रम बनिरहेको मुख्यमन्त्री जमकट्टेलले बताउनु भयो ।

    उहाँले भन्नुभयो “विगतमा सरकारले कृषीमा निक्कै लगानी गरेपनि उपलब्धी आउन सकेन । त्यो व्यक्तिगत लगानी थियो । जसमा उद्योग बाणिज्य सघं, सहकारी र अन्य निजि क्षेत्रहरु सहभागी गराउन सकिन्छ भन्ने कार्यविधि निर्माणको चरणमा छ ।” बागमती प्रदेश नितिको साथ आउँदै गरेकोले जिल्लाहरु खाद्यान्नमा आफैमा आत्मनिर्भर बनाउनको लागि उद्योग बाणिज्य संघ र जिल्लाका नेतृत्वहरुले समन्वय गरेर सिन्धुली जिल्ला बाटै सुरुवात गर्न मुख्यमन्त्री जमकट्टेलले आग्रह गर्नुभयो ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सिन्धुली अस्पताल सिन्धुलीलाई आजै स्तरउन्नतीको लागि सय बेडको अस्पताल स्वीकृती घोषणा भएको बताउनुभएको छ । मुख्यमन्त्रीद्धारा सो घोषणा गरिने उहाँले बताउनु भयो ।

    सांसद दाहलले सिन्धुली उद्योग बाणिज्य सिन्धुलीले आधुनिक शक्तिशालि दम्कल खरिदमा सहयोगको लागि जिल्लाको ९ वटै पालिकालाई आग्रह गर्नुका साथै बाँकि आर्थिक सहयोग बागमती प्रदेशद्धारा गरिदिन मुख्यमन्त्री समक्ष आग्रह गर्नुभएको हो ।

    त्यस्तै प्रतिनिधिसभा सदस्य श्याम घिमिरेले सरकारले अनुदान दिएर कृषिमा उतपादन हुनै नसक्ने बताउनु भयो । सरकारले कृषि उत्पादनको लागि दिइने अनुदान रोक्नुपर्ने बताउनु भएको हो ।

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले सिन्धुली जिल्ला काठमाडौँ उपत्यका र मधेस जोड्ने सेतुको रूपमा रहेकोे बताउनु भयो । भौगोलिक अवस्थितिको हिसाबले योे निकै अवसरका रुपमा रहेको बताउनुहुदै यस अवसरलाई अधिकतम् सदुपयोग गर्नुपर्न बताउनु भयो ।

    कृषिको अलावा यस जिल्लामा व्यापार, व्यवसाय, उद्योग कलकारखाना पनि विकास गर्दै लैजानुपर्ने मन्त्री श्रेष्ठको दाबी छ । कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।