बेपत्ता भएको २ दिन पछि छोराको शव भेटियो, आमा अझै बेपत्ता
भदौ ९, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी ६ का दुई जना वेपत्ता भएको २ दिन पछि एक जनाको सव भेटिएको छ भनी एक जना अझै वेपत्ता रहेको छ ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ राँगेचुरीकी ५७ बर्षीय माया गोले र उनको छोरा २८ बर्षीय राजकुमार गोले २ दिन अघि वनमा घाँस काट्न गएका थिए ।
२ दिन सम्म घर नफर्किएपछि आफन्त र प्रहरीले खोज्ने क्रममा आज छोरा राजकुमारको क्यानखोला र खड्कुले खालाको दोभानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशब कटुवालले जानकारी दिनुभयो ।
शवको पोसमार्टको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको जनाइएको छ । आमाको खोजीकार्य भइरकेको प्रहरीकोले बताएके छ ।
प्रतिक्रिया