आज बाट सुरु भएको एसइईको पुरक परिक्षामा सिन्धुलीबाट ६ सय ९८ जना विद्यार्थी सहभागी

साउन २६,सिन्धुली/आज बाट सुरु भएको एसइईको पुरक परिक्षामा सिन्धुलीबाट ६ सय ९८ जना विद्यार्थी सहभागी भएका छन् । भोली सम्म चल्ने परिक्षामा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बाहेकका ८ वटा पालिकाबाट ६ सय ९८ जना विद्यार्थी सहभागी भएका हुन् ।
सिन्धुलीमा एसइईको पुरक परिक्षाका लागि ३ वटा सेन्टर तोकिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शाखा अधिकृत दुर्गा प्रसाद भुजेलले जानकारी दिनुभयो । सिन्धुलीमाढीको कमला माध्यामिक विद्यालय ढुङग्रेवास, जनज्योति माध्यामिक विद्यालय फोस्रेटार र गौमती माध्यमिक विद्यालयलाई सेन्टर तोकिएको छ ।
फिक्कल गाउँपालिका,गोलन्जोर गाउँपालिका,घ्याङलेख गाउँपालिका र सुनकोशी गाउँपालिकाको २ सय १४ जना विद्यार्थीलाई पुरक परिक्षाका लागि कमला माध्यामिक विद्यालयमा सेन्टर छुट्याएको शाखा अधिकृत भुजेलले बताउनु भयो ।
त्यस्तै मरिण गाउँपालिका र कमलामाईको गोैमती माविका २ सय १४ जना विद्यार्थीहरुलाई फोस्रेटार मावि विद्यालयमा र कमलाामाई नगरपालिका,दुधौली नगरपालिका र तिनपाठन गाउँपालिकाका २ सय ७० जना विद्यार्थीलाई गौमती माविमा पुरक परिक्षाको लागि तोकिएको छ ।
देशैभरबाट एसईईमा १३ हजार ९९२ विद्यार्थीले नन ग्रेड (एनजी) अङ्क ल्याएका छन् । त्यस्तै २ हजार २०० जा विद्यार्थीको ‘इ’ ग्रेड आएको छ । त्यस्तै ३८ हजार ७७० जनाले डी प्लस जीपीए ल्याएका छन् ।
‘डी’ र ‘सी’ सम्म ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । इ र डी ले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले भने ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिनुपर्छ । त्यसका लागि अनिवार्य गरिएको नगरिएको बताउनुहूदै शाखा अधिकृत भुजेलले विशेषगरी डी प्लस र सी ग्रेड आएका विद्यार्थी परिक्षामा सामेल भएको बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *