क्यान्सर पिडित सुनिताद्वारा उपचारको लागि सहयोगको अपिल

असार २६, सिन्धुली/क्यान्सर पिडित कमलामाई नगरपालिका २ बोहोरे निवासी सुनिता बल वाईवाले आर्थिक सहयोगका लागि अपिल गर्नु भएको छ । क्यान्सर रोगसँग जिवन मरणको संघर्ष गरिरहनु भएको वाईवाले उपचारको लागि आर्थिक सहयोगको अपिल गर्नु भएको हो ।

क्यान्सर रोगको उपचार निक्कै खर्चिलो हुने र आफ्नो परिवारको आर्थिक अबस्था कम्जोर भएकोले जिवन बचाईदिन याचना गर्नु भएको हो । सुनितिाको श्रीमान ब्रह्म राज वाईवा गाडी चलाएर जिविकोपार्ज गरिरहनु भएको थियो । श्रीमतीलाई निक्कै ठूलो रोग लागेपछि हाल सम्म कमाएको र भएको पैत्रिक सम्पत्तिबाट उपचार गराएर अब नसक्ने भए पछि श्रीमतीको जिवन बचाईदिन सहयोगको याचना गरेको ब्रह्म राजले बताउनुभयो ।

अहिले सुनिताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भई रहेको छ । सुनिताको जिवन रक्षका लागि समाजसेवी दिनेश श्रेष्ठले सहयोग अभियान सञ्चालनगरिरहनु भएको छ । हाल सम्म करिब १ लाख ८० हजार रुपैयाँ सहयोग संकलन भएको समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो ।

समाजसेवी श्रेष्ठले सामाजिक सञ्जालमा सहयोगको अपिल गरेपछि उहाँको व्यक्तिगत खातामा तथा क्यान्सर पिडित सुनिताको श्रीमानको खातामा सहयोग रकम प्राप्त भएको र केहि सहयोगहरुले नगद नै उपलब्ध गराएको उहाँले बताउनुभयो ।

क्यान्सर पिडित सुनिताको ७ वर्ष र ९ वर्षका दुई छोराहरु छन् । सुनिताको बारेमा बुझ्न चाहने महानुभावले उहाँको श्रीमानको मोवाईल नम्बार ९८४४०४१८९२ मा सम्पर्क गर्न सक्नु हुने छ । सहयोग गर्न चाहाने महानुभावले उहाँको श्रीमान ब्रह्म राज वाईवाको एनआई सी एसिया बैंकको खाता नंम्बार १२५५७५२७१४६९४००१ मा रकम जम्मा गरिदिनु सक्नु हुने छ वा समाजसेवी दिनेश श्रेष्ठको सामाजिक सञ्जाल फेसवुकमा रहेको उहाँको क्युआरकोटमा पनि रकम जम्मा गरिदिनु सक्नु हुने छ । निम्नवर्गीय परिवारका सुनिताको उपचारको लागि सम्पूर्ण सहयोगीमनहरुले सकेको सहयोग गरिदिनु अनुरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *