भारतबाट अबैध रुपमा ल्याइएको ८ हजार कुखुराको चल्ला बरामद गरी नष्ट
असार १६,सिन्धुली/भारतबाट अबैध रुपमा ल्याइएको कुखुराको चल्ला जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बरामद गरी नष्ट गरेको छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका बाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका लैजादै गर्दा ८ हजार कुखुरा बोकेको ज १ च ७४८ नम्बरको पिकअप कमलामाई नगरपालिका ६ धुराबजार बाट बरामद थियो ।
भारतबाट ल्याउनको निम्ती निशेध गरिएको कुखुराको चल्ला अबैध रुपमा ओसार प्रसार गरेको प्रमाण फेला परेकाले बरामद गरी ८ हजार कुखुरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापा कमलामाई नगरपालिकाका पशु विकास अधिकृत रोशन कोइरालाको उपस्थितीमा चल्लालाई खाडल खनेर पुरीएको उहाँले बताउनु भयो ।
गाडि चालक महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाका रामशोभा मिश्रले नेपालकै ह्याचरी बाट उत्पादन भएका कुखुराको चल्लाको नक्कली कागजपत्र बनाई ल्याएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
उनले महोत्तरीको पिगौना ह्याचरी एण्ड ब्रिडिङ फार्ममा उत्पादन गरिएको सिओबी ५००(ब्रोइलर) जातका कुखुराको बिक्रिबितरणको लागि बनाएको कागत छानबिन गर्दा नक्कली भेटिएको प्रहरीले जनाएको छ ।
चालक र गाडि लाई प्रहरीले नियनत्रणमा लिई थप अनुसन्धान गरी कानुन अनुसार कारबाही गरिने बताएको छ ।