दुधौलीको ढुङग्रेदहमा डुबेर एक बालकको मृत्यु

जेठ ३२,सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा बिचित्र खोलाको ढुङग्रेदहमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थायी घर काभ्रे भई दुधौली नगरपालिका वडा नम्बर १ डाँडाँटोल बस्दै आएका अनिष भुजेललका ६ बर्षीय छोरा मनिष भुजेलको खोलामा डुबेर मृत्यु भएको हो ।
बुधबार (हिजो) दिउँसो ४ बजे घरबाट हिँडका बालक अबेर सम्म घर नआएपछि खोज्दै जादाँ २ सय किलोमिटर तल खोलामा डुबेको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
धेरै समय देखि खोलामा डुबेकाले बालकको मृत्यु भएको हुन सक्ने बताइएको छ । मृतक बालक सहित परिवारनै एक महिना देखि दुधौलीमा मामाघरमा बस्दै आएका थिए । खोलामा डुबेर मृत अबस्थामा फेला पारिएको बालकलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *