७४ बोरा युरिया मल सुनकोसी गाउँपालिका बाट नियन्त्रण
जेठ ३०,सिन्धुली/खाद्यान्नको मुख्य बाली मकै, धान लगाउने समयमा कृषकले युरिया मल अभाव झेल्दै आएका छन् । यसपाली पनि मकै भित्र्याने समय हुँदा सम्म धेरै कृषकले युरिया मल पाएनन् ।
धानको ब्याड राख्ने समयमा मल नपाएर कृषकहरु मर्कामा परेका बेला अवैध रुपमा भित्र्याइएको ७४ बोरा युरिया मल सुनकोसी गाउँपालिकाका स्थानियले नियन्त्रणमा लिएका छन् ।
सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल अवैध रुपमा भित्र्याएर बिक्री वितरणका लागि अर्को गाडीमा सार्दै गर्दा सुनकोसी गाउँपालिका ३ का स्थानीयले नियन्त्रणमा लिएर आ–आफ्नो घरमा लगेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
१ सय बोरा मल लिएर सर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख १६०० नम्बरको मिनीट्रकमा २६ बोरा बाहेक ७४ बोरा मल अबैध रुपमा पाइएकाले स्थानीयले १,१ बोरा मल घर लगेका ह्न् ।
कृषकले साझामा मल खोज्दा नपाउने तर अबैध रुपमा टनका,टन अबैध रुपमा ओसार–प्रसार गरेको पाइएकाले नियन्त्रणमा लिएर घरमा लगिएको कृषकले बताएका छन् ।
२६ बोरा युरिया मल र मिनीट्रक ईलाका प्रहरी कार्यालय खुर्कोट राखिएकाले आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा पठाइने प्रमुख सिलवालले बताउनुभयो ।