भोटेकोशी बाढीपीडितका लागि सिन्धुलीबाट ३० लाखभन्दा बढी सहयोग

सिन्धुली/भोटेकोशीमा आएको बाढीका कारण विपत्तिमा परेकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुलीबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिन्धुली जिल्लाबाट हालसम्म ३० लाख ७८ हजार २ सय १६ रुपैयाँ संकलन भएको छ ।

प्रशासनको अनुसार बाढीपीडितको उद्धार तथा राहतका लागि जिल्लाका विभिन्न व्यक्ति, विद्यालय, संघ-संस्था, व्यवसायी, सहकारी, टोल विकास समिति तथा अन्य सामाजिक संस्थाहरूबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

सहयोग गर्नेहरूमा विभिन्न विद्यालय तथा शैक्षिक संस्था, होटल व्यवसायी, निर्माण व्यवसायी, सामुदायिक वन उपभोक्ता समूह, बचत तथा ऋण सहकारी संस्था, टोल सुधार समिति तथा सर्वसाधारण व्यक्तिहरु रहेका छन् । सिन्धुली कारागार कार्यालयका कैदीबन्दीहरूले समेत राहतका लागि आर्थिक सहयोग गरेका छन् ।

विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले जिल्लाबाट आर्थिक सहयोग संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनको अनुसार हालसम्म संकलित कुल ३० लाख ७८ हजार २ सय १६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *