दुधौली नगरपालिकाले एक वर्षमा सम्पन्न गरेका योजना सार्वजनिक

जेठ ७, सिन्धुली(दुधौली)/स्थानीय तहको दास्राे निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा गरेको अबसरमा दुधौली नगरपालिकाले एक वर्षमा सम्पन्न गरेका योजनाहरु सार्वजनिक गरेकाे छ ।

नगरपालिकाले ५५ वुदे प्रेस विज्ञप्ती सार्वजानिक गर्दै नगरपालिकाले एक वर्षमा सम्पन्न गरेका याेजनाहरु सार्वजनिक गरेको हाे । एक वर्षको अवधिमा दुधौली नगरपालिकाले शिक्षा स्वास्थ्य, कृषि, खानेपानी र पुर्वाधारका विकासका लागि काम अघि बढाएको नगरपालिकाका प्रवक्ता दिपक खड्काले बताउनु भयो ।

५५ वुदे प्रेस विज्ञप्तीमा नगरपालिकाले एक वर्षमा गरेका कामहरुको विवरण उल्लेख गरिएको थियो । आर्थिक समिति, सेवा तथा क्षमता विकास समिति, पुर्वाधार विकास समिति, विधेयक लेखा लगायत विभिन्न समितिहरु मार्फत काम भईरहेको र विभिन्न एन निर्माणमा नगरपालिका लागिपरेको विज्ञप्तीमा उल्लेख छ।

नगरपालिकाले एक वर्षको अवधिमा नदि कटान नियन्त्रण, सडक कालोपत्रे, धार्मीक पर्यटन प्रवर्धन, शुसानको प्रवाह, भाैतिक विकास लगायत क्षेत्रमा गरिका कामको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरपालिकामा निर्वाचित भए पश्चात गरिएका वाचाहरु फुसको छानो विस्तापित गरि जस्ता विरतण , जनता सगँ प्रत्यक्ष सहभागी भई गुनासो संकलन गर्न जनतासगँ मेयर कार्यक्रम लगायत कार्यक्रम गरिरहेको पनि विज्ञप्तीमा उल्लेख थियो ।

नगरपालिकाको सभाहलमा एक कार्यक्रमकै आयोजना गरि नगरपालिकाले एक वर्षको कार्य समिक्षा गरेको थियो । कार्यक्रममा वोल्दै नगर प्रमुख दिनेश अधिकारी दनुवारले नगरपालिकालाई कृषि क्षेत्रमा प्रविधियुक्त वनाइ आत्मानिर्भर बनाउन विभिन्न किसिमका योजनाहरु ल्याइएको बताउनु भयो । उहाँले एक वर्षमा नीति निर्माण व्यवस्थापन लगायत धेरै काम भएकाले अव यसको नतिजा आउने बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *