हरिहरपुरगढीका अध्यक्ष वाइवाद्धारा मुख्यमन्त्री समक्ष खानेपानी सहित ७७ वटा योजना माग

बैशाख २४,सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष बिभिन्न योजना माग गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष वाइवाले आज मुख्यमन्त्री समक्ष बिभिन्न शिर्षकमा ७७ वटा योजना माग गरिएको प्रतिवेदन बुझाउनु भएको हो ।
अध्यक्ष वाइवाले हरिहरपुगढि गाउँपालिकाको वडा नम्बर १ र ५ नम्बरका स्थानियले खानेपानीको चरम अभाव खपिरहनुपरेकाले समस्या समाधानको लागि प्रदेश सरकार सँग माग गर्नुभएको छ ।
सिँचाईको लागि समस्या हुदा वडा नम्बर १,२,३ र ४ मा शयौँ बिघाहा जमीन बाँझै रहेको बताउनुहुदे अध्यक्ष वाइवाले सिँचाईको लागि कृषकलाई सुबिधा प्रदान गर्न सके बालिनाली लाखौँ आम्दानी हुने सक्ने मुख्यमन्त्री सामु आग्रह गर्नुभएको छ ।
गाउँपालिकाको भित्रि क्षेत्रमा सबैतिर सडक बिस्तार हुन सकेको छैन । जसले गर्दा नियमित आवात जावातको लागि स्थानियले बर्षेनी सास्ती खेपिरहेका छन् । भित्रि सडक नहुँदा कृषकले उत्पादन गरेको तरकरी,फलफुलहरु बोटमै कुहिएको स्थानियको गुनासो छ ।
मुख्य रुपमा गाउँपालिकाको सम्पुर्ण वडामा भित्रि सडकको आबश्यकता रहेको बताउहुँदै अध्यक्ष वाइवाले ब्यबस्थित तटबन्धन नहुँदा मरिण खोलाले बर्षेनि कृषकको जमिन कटान गर्ने गरेकाले उचित तटबन्धनको लागि बागमती प्रदेशका मुख्यमन्त्री समक्ष योजना माग गरिएको बताउनु भयो ।
गाउँपालिकाको बिभिन्न स्थानमा ५ वटा पक्कि पुल सहित ७७ वटा योजना काग गरिएको वाइवाको भनाई छ ।
मुख्यमन्त्री जमकट्टेलले भने आउने आर्थिक बर्षमा आबश्यकता हेरेर बजेट बिनियोजन गरिने बताउनु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *