• बैशाख १८,सिन्धुली/नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी सिन्धुली जिल्ला अध्यक्षमा अनिता राई सर्बसम्मत चयन हुनुभएको छ । आज प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहालको प्रमुख आथित्यतामा भएको जिल्ला भेलाबाट अनिता राई सर्बसम्मत चयन हुनुभएको हो ।
    उपाध्यक्षहरु बबिता गौतम,मोतिमाया अधिकारी र मैया पाण्डे चयन भएका छन् भने सचिवमा सपना बस्नेत चयन हुनुभएको छ ।
    त्यस्तै सहसचिवमा बिष्णु कुमारी कार्कि,पन्चमाया थिङ र शान्ति श्याङ्तान ,कोषाध्यक्षमा सुनिता मगर सहित ८१ सदस्यीय नयाँ कार्यसमिती गठन भएको माओवादी केन्द्रका नेता गणेश रत्नले जानकारी दिनुभयो ।
    नयाँ कार्यकालको शुभकामना दिनुहुदै प्रतिनिधि सभा सदस्य दाहालले पदमा बसेर निष्क्रिय हुन कसैलाई छुट नभएको बताउनु भयो । संगठन बाट दलित,जनजाति,निमुखा,अपाङ्ग,महिला,पिछडिएको बर्गको आवाज बोलिदिनु पर्ने उनिहरुको हितमा अगाडि बढ्नको लागि उहाँले आग्रह गर्नुभयो ।