कार दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भिर घाईते

बैशाख १७, सिन्धुली/सिन्धुलीको कमलामई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भन एक जना गम्भिर घाईते भएको छ ।
काठमाण्डौंबाट सिन्धुली तर्फ आउने क्रममा विपी राजमार्ग अन्तरगत पिलभन्ज्याङमा बा ८ च ९१३५ नम्बरको कार आईतवार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा सिन्धुली मरिण गा.पा. कपिलाकोट घरभई काठमाण्डौं गौरीघाट बस्ने बर्ष ३८ की साहारा प्रसाई र झापा चारपानेका अन्दाजी वर्ष ४३ का कुमार पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
गम्भिर घाईते प्युठान न.पा. ८, प्युठानका योगेन्द्र थापाको सिन्धुली अस्पताल सिन्धुलीमा उपचार भई रहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो । रातो ग्रेटवाल कार आफै अनियन्त्रित भई सडकबाट बांया साईड अं.२० मिटर तल भिरमा खसी दुर्घटना प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो । घाईतेको थप उपचारको लागि काठमाण्डौं पठाउने तयारी भई रहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *