बागमती प्रदेश खेलकुदका लागी सिन्धुलीबाट खेलाडि छनोट

बैशाख ११,सिन्धुली/सिन्धुलीमाढीमा जारी जिल्ला स्तरिय खेलाडि छनोट प्रतियोगिताको फाइनल खेलहरु आज भएका छन् । दोस्रो बागमती प्रदेश खेलकुदमा सहभागि हुनको लागि सिन्धुली जिल्ला खेलकुद बिकास समितीको आयोजनामा ९ गते बाट सिन्धुलमिाढीमा सुरु भएको प्रतियोगिताको अन्तिम नतिजा आएको हो ।

तेक्वान्दो प्रतियोगितामा पुरुष तर्फ बाट रबिन खपाङ्गी मगर,सागर तामाङ,सोनाम तामाङ, गौरब आले मगर र महिला तर्फ बाट बिना तामाङ, मनिका मगर, दिपा श्रेष्ठ, मन कुमारी माझि, आकृती माझि छनोट भएको जिल्ला खेलकुद बिकास समिती सिन्धुलीका अध्यक्ष बिशाल थिङले जानकारी दिनुभयो ।


ब्याटमिन्टन प्रतियोगितामा पुरुष तर्फबाट दिपेन्द्रध्वज बस्नेत, सोम श्रेष्ठ, बिमल भुजेल र महिला तर्फ बाट खेम कुमारी दियाली मगर,दुर्गामाया राई छनोट भएका हुन् ।
कराँतेमा धन बहादुर सुनुवार, अनमोल बोम्जन, बिबेक राई, मौसम थापा मगर, समिर राई र महिला तर्फ प्रिती गोले, साबित्रि डङ्गोल, निमा भोलन, आकृती अधिकारी र फुल कुमारी बिक छनोट भएका छन् ।


कराँतको समुह प्रतियोगिता तर्फ पुरुषमा अनमोल बम्जन, राम बम्जन र मौसम थापा मगर महिला तर्फ प्रतिक्षा वाइवा, सुनिता पाख्रिन र एलिसा बिक छनोट जनाइएको छ ।


भलिबल प्रतियोगितामा पुरुष तर्फ बाट कमलामाई नगरपालिकाका सरोज आयू,हरि बहादुर चौहान,मनिष चौहान,रुपेश बस्नेत,तिनपाटन गाउँपालिकाका प्रकाश श्रेष्ठ,कमल प्रसाद पहाडी,भुबन मगर,पुरुषोत्तम श्रेष्ठ,बिशाल पुलामी मगर,फिक्कल गाउँपालिकाका राम बहादुर सुनवार,घ्याङलेख गाउँपालिकाका राजेश लो र सुजन राई छनोट भएको अध्यक्ष थिङले जानकारी दिनुभया ।
त्यस्तै फुटबल प्रतियोगिताको पहिलो चरणको फाइनल भएपनि क्लोज क्याम्प बाट छनोट हुन बाँकि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *