मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानद्वारा एकै दिन २ वटा वडा कार्यालयको प्रशासनीक भवन शिलान्यास
चैत्र १७, सिन्धुली/मरिण गाउँपालिकाको २ वटा वडा कार्यालयको प्रशासनीक भवनको आज एकै दिन सिलान्यास गरिएको छ । वडा नम्बर ३ र ७ को आज मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले प्रशासनीक भवनको शिलान्यास गर्नुभएको हो ।२ वटै वडा कार्यालय निर्माणको लागि बागमती प्रदेश सरकारको ५० प्रतिशत र मरिण गाउँपालिकाको ५० प्रतिशत बजेट बिनियोजनबाट निर्माण हुने भएको छ ।
वडा नम्बर ३ को भवन निर्माणको बागमती प्रदेशको ५० प्रतिशत र मरिण गाउँपालिकाको ५० प्रतिशत बजेट बिनियोज भएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिले जानकारी दिनुभयो । १ करोड २६ लाख ८४ हजार ८२ हजार बजेट बिनियोजन थियो जसमा एलएस कन्ट्रक्सनले ८७ लाख १५ हजार ४ सय ८८ रुपैयामा ठेक्का पाएको छ ।
एलएस कन्ट्रक्सन र वडा कार्यालय बिच २०७९ चैत्र ५ गते २०८० चैत्र ३० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको जनाइएको छ ।
वडा नम्बर ७ को वडा कार्यालयको प्रशासनिक भवन निर्माणको लागि १ करोड २७ लाख ३४ हजार ३ सय ३० रुपैया बजेट बिनियोजन भएकोमा कन्ट्रक्सनले ८५ लाख १९ लाख ६ सय ५५ रुपैयामा ठेक्का पाएको जनाइएको छ ।
समाज कन्ट्रक्सन सँग २०७९ चैत्र १० गते २०८० साल चैत्र ३ गते वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।
त्यस्तै वडा नम्बर ५ को प्रशासनीक भवन शिलान्यासको तयारी भई रहेको प्रमुख प्रशासमकीय अधिकृत दर्जीले जानकारी दिनु भयो । निर्माणको लागि १ करोड २९ लाख ७७ हजार ५ सय ८६ रुपैया बजेट बिनियोजन भएकोमा एलएस कन्ट्रक्सनले ८९ लाख ४९ हजार ४ सय ३९ रुपैयामा ठेक्का पाएको प्रमुख प्रशासकीय अधिकृत दर्जीले जानकारी दिनुभयो । ५ नम्बर वडा कार्यालयको भवन पनि सोहि मितीमा सम्पन्न गर्ने सम्झौता भएको छ ।