हायुटारका वाइवाको घरमा आगोलागि हुँदा घर जलेर पुर्ण रुपमा नष्ट, ११ लाख बराबरको क्षति
चैत्र १२, सिन्धुली/गयराति घ्याङलेख गाउँपालिका वडा नम्बर २ स्थित डम्बर बहादुर वाइवाको घरमा आगोलागि हुँदा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
गयराति १० बजेको समयमा बिजुली सर्ट भएर वाइवाको घरका आगोलागि हुदा १०/११ लाखको क्षति भएको इलाका प्रहरी कार्यलय घ्याङलेखका प्रहरी असई किरण चौलागाईले जानकारी दिनुभयो ।
काठ, बाँस र जस्ताले छानो छाएको घरमा अचानक बिजुली सट भएर आगोलागि हुदा घरभित्र रहेको गरगहना, लत्ताकपडा, अन्नपात सम्पुर्ण जलेर नष्ट भएक्को अग्नि पिडित वाइवाको भनाई छ ।
आगोलागि हुदा एउटा बाख्रा जलेर मरेको तर मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यसैबिच अग्निपिडित डम्बर बहादुर वाइवालाई ज्यामोगाङ घ्याङलेख सामाजिक सेवा नेपालका कानुनी सल्लाहाकार राम बज्यु तामाङ ब्यक्तिगत १० हजार र सँस्थाको तर्फबाट ७ हजार गरी १७ हजार रुपैया नगद सहयोग गर्नुभएको छ । नेपाल तामाङ बिद्यार्थी घेदुङका निवर्तमान अध्यक्ष दिनेश लो तामाङले उक्त नगद सहयोग अग्नि पिडिलाई हस्तानतरण गर्नुभएको हो ।