स्वास्थ्य विमामा नसमेटिएका परिवारलाई स्वास्थ्य सेवाबाट बन्चित हुन दिने छैन : स्वास्थ्य मन्त्री श्रेष्ठ

चैत्र १, सिन्धुली/स्वास्थ्य विमा कार्यक्रमबाट नसमेटिएका परिवारलाई पनि स्वास्थ्य सेवाबाट बन्चित हुन नदिने बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रतिबद्धता गर्नुभएको छ ।
सिन्धुली अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण तथा ल्यापरोस्कोपि सेवाको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले जो बार्षिक रुपमा ३ हजार ५ सय तिर्न नसकेर स्वास्थ्य विमा कार्यक्रममा नसमेटिएका राउटे, लोपन्मुख तथा अति सिमान्तकृत जातजाति छन् उनीहरुलाई बागमती प्रदेश सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताउनु भयो ।
नेपालको संबिधानमै स्वास्थ्यलाई आधारभुत आबश्यकताको रुपमा ब्याख्या गरेपनि जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले हाल सम्म पनि नलिएको बताउनु हुँदै मन्त्री श्रेष्ठले सिन्धुली जिल्लामा रहेका त्यस्ता परिवारहरुको बिवरण संकलन गरेर प्रदेशमा पठाएर स्वास्थ्यको पहुँचमा ल्याउनको लागि निर्देशन दिनुभएको छ ।
मन्त्री श्रेष्ठले तत्काल रोगको पहिचान गरि तत्काल उपचार गर्ने उदेश्यका साथ प्रदेश स्वस्थ्य मन्त्रालय लागेका हुनाले सो अभियानमा सहयोग गर्दिनुहुन वडा ,गाउँपालिका र नगरपालिका सँग अनुरोध गर्नुभएको छ ।
सिन्धुली अस्पतालमा बजेट अभाबका कारण बिभिन्न सेवा तथा सरकारले निःशुल्क प्रदान गरिरहेको ९९ वटा औषधिको अभाव भएको भन्ने समस्याको समाधानका लागि तत्काल प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहूदै मन्त्री श्रेष्ठले भन्नुभयो “अप्ठ्यारोमा परेपछि मान्छेले कि आमा सम्झिन्छ कि भगवान तर हस्पिटलामा आउने बिरामीले सबै बिर्सिएर डाक्टर सम्झिएका हुन्छन् । डाक्टरले मिठो बोलि बचन गरिदिए मात्रै बिरामीको आत्मबल बढेर १५ प्रतिशत बिरामी निको हुन्छ । त्यसैले डाक्टर तथा नर्सहरुले बिरामीसँग तुच्छ ब्यबहार गर्न रोक्नु पर्छ ।” सिन्धुलीमा सुरुवात गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण तथा ल्यापरोस्कोपि सेवा प्रवाहमा कुनै कमि हुन नदिनका लागि निर्देशन गर्नुभएको छ ।
सिन्धुली अस्पताल ब्यबस्थापन समिती सिन्धुलीका अध्यक्ष शतिसचन्द्र ढकालको अध्यक्षता तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका बिभागीय सचिव बद्रि बहादुर खड्का, प्रदेश आपुर्ति निर्देशनालयका प्रमुख अर्जुन सापकोटा, जिल्ला समन्वय समितीका प्रमुख कार्साङ्ग लामा, प्रमुख जिल्ला अधिाकारी सुनिता नेपाल लगायतको उपस्थिती रहेको थियो । २०३५ सालमा स्थापना भएको सिन्धुली अस्पतालले हाल बिभिन्न सेवा प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *