• फागुन १७, सिन्धुली/नेकपा एमालेले पनि राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेललाई नै सहयोग गर्ने प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले बताउनु भयो । फागुन २५ गते सम्म राष्ट्रिय सहमति भएर एमालले राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेललाई नै सहयोग गर्ने दाहालले बताउनु भएको हो ।
    साच्चै सबै दल नमिलेसम्म राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसकिने बताउँदै दाहालले राष्ट्रिय सहमति आबश्यक रहेको वताउनुभयो । एक सन्चार माध्यमसँग कुराकानी गर्नुहुँदै स्वाधिन अर्थतन्त्र निर्माण गर्न नसकिने भएकाले २५ गते सम्म राष्ट्रिय सहमतिको वातावरण सिर्जना हुने बताउनु भएको हो ।
    वहाँले भन्नुभयो “हाल नेपाल सरकार आर्थिक हिसाबले असाध्यै कमजोर हुँदै गएकाले सुधार्न आबश्यक छ । पुष्पकमल दाहाल जनताले अनुभुत गर्ने गरी सरकार कसरी सन्चालन गर्ने भन्ने बिषयमा केन्द्रित हुनुुहुन्छ । यसमा सबै दलले सहयोग गरेर समिकरण सहित अगाडि बढ्नु आबश्यक छ ।”
    हिजोको अबस्था बारे बिर्सिएर बारम्बार राष्ट्रिय सहमति गर्रौँ भन्दा अटेर गर्ने केपि ओलीको प्रबृत्ति तथा एमाललेलाई राष्ट्रपति दिदा कसरी बन्धक बनायो मुलुकलाई भन्ने सबैले महशुस गरेका छन् जस्को उत्तर आउने दाहालको भन्नुभयो ।