• फागुन १३, सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले तिनपाटका छबिलाल मगरको उपचारको लागि १० हजारको चेक हस्तानतरण गर्नु भएको छ । नेकपा (माओवादी केन्द्र) सिन्धुलीद्वारा सञ्चालित जनसेवा फाण्डेसन मार्फत सहयोग रकम हस्तान्तरण गरको हो ।
    तिनपाटन गाउँपालिका वडा नम्बर ९ आम्बोटेका छबिलाल मगरको कलेजोमा समस्या भएकाले उपचारको लागि साँसद दाहालले १० हजारको चेक हस्तानतरण गर्नुभएको हो । कलोजोमा समस्या देखिएपछि लामो समय देखि मगरको वीर अस्पताल काठमाण्डौमा उपचार गराइरहनु भएको छ ।
    आर्थिक स्तर न्युन भएका मगरको उपचारको लागि साँसद दाहालले माओवादी केन्द्रको पार्टि कार्यालय सिन्धुलीमै छोरी ललिता मगरलाई चेक प्रदान गर्नुभएको हो ।