एसपी सिलवालद्वारा नागरिक सहायता कक्षबाट नै सेवा प्रवाह
फागुन ११, सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राज कुमार सिलवाल एसपी कक्ष छोडेर नागरिक सहायता कक्षबाटै सेवा प्रदान गर्न थाल्नु भएको छ ।
प्रहरी प्रमुख सिलवाल सेवाग्राहीको सजिलोको लागि आफ्नो कक्ष छोडेर नागरिक सहायता कक्ष बाटै सेवा प्रदान गर्न थाल्नुभएको हो । नागरिकको सेवा को लागि नै खटिएको तर नागरिकले भेट्न नपाएको भन्दै नागरिक सहायता कक्ष बाटै सेवा सुचारु गर्न लागीएको प्रहरि प्रमुख सिलवालले बताउनु भयो ।
उहाँले भन्नुभयो “पहुँच हुने मात्रै मलाई भेट्न आए तर जसको पहुँच पुग्दैन, जसको बोलिदिने कोहि छैन, शारिरिकक रुपमा अपाङ्गता छन् त्यस्ता सेवाग्राही मलाई भेट्न समेत पाउँदैनन् । त्यसैले प्रत्यक्ष भेटेर नागरिकको गुनासो सुन्नको लागि सहायता कक्ष बाट सेवा प्रवाह गर्न लागिएको हो ।”
प्रतिक्रिया