• फागुन ९, सिन्धुली/नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले निर्वाचनको समयमा बनेको गठबन्धन भत्किनुमा नेपाली काङ्ग्रेसकै कमजोरी रहेको बताउनु भयो । प्रेस युनियन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै कोइरालाले गठबन्धन भत्किनुमा भएको कमिकमजोरी नेपाली काङ्ग्रेसले स्वीकार समेत गरिसकेको बताउनु भएको हो ।
    माओवादी केन्द्रको कम सिट भएपनि संसदमा महत्वपूर्ण भुमिका रहने डां कोइरालाको भनाई छ । राष्ट्रपतिको लागी नेपाली काङ्ग्रेस र माओवादी केन्द्र बिच घनिभूत सल्लाहा भईरहेको उहाँले बबताउनु भयो । नेता कोईरालाले राष्ट्रपति नेपाली काङ्ग्रेस पार्टि बाटै हुने दाबि गर्नुभएको छ । भए सहमति बाटै नभए पनि चुनाव बाट जितेरै भएपनि राष्ट्रपति लिने दाबि गर्नुभएको हो ।
    डा.कोइरालाले भन्नुभयो “नेपालि काङ्ग्रेस पार्टि अन्य पार्टि भन्दा एमदमै फराकिलो पार्टि हो । त्यसैले राष्ट्रपति पाउने हैन जितेर लिने हो । नेपालको संबिधान भन्दा माथि राष्ट्रपति हुनुहुँदैन नेपालको संबिधानको संरक्षक बन्नुपर्छ राष्ट्रपति”
    ५ बर्षको अभ्यासले नेपालको संबिधान च्यात्ने राष्ट्रपति चुनिएको थियो भन्ने महशुस भएको कोइरालाले जिकिर गर्नुभयो । संबिधानको मर्म बुज्ने क्षमता नेपाली काङ्ग्रेस भएकाले संबिधानको रक्षाका लागी भएपनि राष्ट्रपति लिनु पर्ने बताउनु भएको हो ।
    उहाँले राष्ट्रपतिको उमेदवार भने टुङ्गो लाग्न बाँकी रहेको बताउनु भयो । पार्टि भित्र रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला,मान बहादुर बिश्वकर्मा, गोमानमान श्रेष्ठ लगायत ४, ५ जनाकै नाम चलिरहेकाले हाल टुङ्गो लागिनसकेको कोइरालाले बताउनु भएको हो ।