• फागुन ७, सिन्धुली/एकिकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश दोस्रो अधिवेशन शंकर अधिकारीको अध्यक्षतामा ५५ सदसीय समिति गठन गर्दै सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष अग्नी प्रसाद सापाकोटाले सिन्धुलीमाढीमा गद्घाटन गर्नुभएको अधिवेशनले सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
    अधिवेशनले बरिष्ठ उपाध्यक्षमा नुवाकोटका दिपक ढुङ्गाना, महिला उपाध्यक्षमा रामेछापका पार्वती कडरिया, उपाध्यक्षहरुमा काठ्माण्डौंका बाबुराम घिमिरे, ललितपुरका देवेन्द्र महर्जन र महासचिवमा सिन्धुलीका कविन्द्र गौतम सर्वसहमत निर्वाचित हुनु भएको छ । त्यस्तै अर्थ उपमहासचिवमा मकवानपुरका खेमराज लामिछाने, उपमहासचिव चितवनका नारायण कोइराला, महिला सचिवमा दोलखाका कालिका वली र सचिवहरुमा काभ्रेका दुवाङ दोर्जे लामा र मानसिं तामाङ सर्वसहमत निर्वाचित हुनु भएको छ ।
    त्यस्तै सदस्यहरुमा काभ्रेका लक्ष्मी मोक्तान, शिव आचार्य, नुवाकोटका दुर्गादेवी देवकोटा, धादिङका दामोदर भट्ट, मोहन कोइराला , सुरेश बस्नेत , रामेछापका तिलक बल, नेत्रप्रसाद गौतम , दोलखाका रोशन कार्की , मन्दिरा चौलागाईँ, मोहन थापा, मकवानपुरका भोगेन्द्र लुइँटेल , राजु घिमिरे, दीपा बल, जुना भुजेल, सिन्धुलीका सुखदेव न्यौपाने, टङ्कप्रसाद तिमल्सिना , कल्याण थापा, खिलबहादुर गुर्मछान, काठमाडौंका मचाभाई महर्जन, सावित्रा शङ्कर, सिन्धुपाल्चोकका यदुनाथ नेपाल, ढकबहादुर खड्का, सरस्वती घिमिरे, चितवनका तुलबहादुर गुरुङ, देवकुमारी कार्की, मधुकर रेग्मी, रसुवाका शोभा अधिकारी, गोपाल तामाङ, भक्तपुरका नयन्द्र राई, ललितपुरका सुन्तली घोले र लक्ष्मी शर्मा रहनुभएका छन् ।