स्थानीय तहको मत परिणाम अनुसार सिन्धुलीमा वाम–लोकतान्त्रिक गठवन्धन ३० हजार मतले अगाडी

कात्तिक १४, सिन्धुली/स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणाम अनुसार सिन्धुलीमा वाम–लोकतान्त्रिक गठबन्धन ३० हजार भन्दा वढी मतले अगाडी देखिन्छ । सिन्धुलीको ७९ वडामा प्राप्त गरेको मत परिणाम अनुसार नेकपा (एमाले) भन्दा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्षहरुले ३० हजार ८ सय ६६ बढी मत प्राप्त गरेको थियो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा रहेको ४१ ओटा वडामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले ४१ हजार ५ सय २९ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)ले २८ हजार ५ सय ४८ मत प्रतप्त गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा वडा अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमाले १३ हजार ९ सय ८१ मतले पछाडी रहेको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा रहेको ३८ वटा वडामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्षहरुले ३८ हजार ३ सय २८ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) का वडा अध्यक्षहरुले २१ हजार ४ सय ४३ मत प्राप्त गरेको छ । वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणम अनुसार यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धन १६ हजार ८ सय ८५ मतले अगाडी रहेको छ ।