• भाद्र १७, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)लाई सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट संघीय सांसदमा उमेद्वारी दिन माग गरेका छन् ।
    प्रदेश सभा सदस्य हुँदा आफ्नो निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका निम्ती गरेको भुमिका र नेपाल कम्युनिष्ट आन्दोलनमा उहाँको सक्रियतालाई देखेर निर्वाचन क्षेत्र नं. २ बाट उमेद्वार बन्न जनताबाट दवाव आउन थालेको हो । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा पार्टी भित्र आकाँक्षिहरु धेरै हुँदा पनि व्यवस्थापन गरेर पार्टी जिल्लामा पहिलो पार्टी बनाउन महत्वपूर्ण भुमिका खेलको कारण पनि अबको निर्विकल्प उमेद्वार राजन दाहाल नै रहेको माओवादी केन्द्रका नेता तथा कार्यकर्ता वताउछन् ।
    पार्टीका पालिका तहबाट सिफारिसको लागि छलफल चलिरहँदा पनि संघीय निर्वाचन क्षेत्र नं. २ को उमेद्वारमा राजन दाहाललाई नै बढी रुचाएको माओवादी केन्द्रका नेता गणेश रत्नले वताउनुभयो । उमेद्वार छनौट तथा सुझावको लागि शनिवार सबै पालिकाको बैठक बस्दै छ ।
    दाहालले संघीय निर्वाचन क्षेत्र नं. २ बाट संघीय संसदको आकाँक्षा गरेपनि पार्टीको विधि र पद्धतिबाट अगाडी बढ्ने वताउनुभयो । नेता दाहाल भन्नुभयो “व्यक्तिगत चाहाना होईन । यो मुलत पार्टीको व्यक्तिगत ईच्छा पुरा गर्ने साधन होइन । पद भनेको व्यक्तिगत प्रतिष्ठा होईन । पद भनेको मान सम्मान पनि होइन पद भनेको एउटा काम गर्ने जिम्मेवारी पूर्ण भूमिका हो । मुलभुत रुपमा राष्ट्रिय राजनितिमा हाम्रो सिन्धुलीको तर्फबाट सहयोग गर्ने र समग्रमा सरकार र जनताको असली पुलको भूमिका निर्वाह गर्ने, जनताको समस्या सरकारसम्म र सरकारको योजना जनतासम्म पु¥याउने र विकास समृद्धि र नेतृत्व गर्ने अभियानको नेतृत्व गर्नुपर्छ भनेर जनताले मलाई गत निर्वाचनमा प्रदेश सांसदको भूमिका प्रदान गर्नुभयो । हामीले पाँच वर्ष जनताको सेवा गरियो । जनताको ईच्छा आकांक्षा र आवश्यकतासंग जोडिएर समग्र अल्पकालिन, दिर्घकालिन र मध्यकालिन योजना सहित हामीले आफ्ना योजना अगाडी बढाएका छौं । अझै पनि विकास र समृद्धिको निम्ति सामाजिक न्यायको निम्ति यो पद भनेको एउटा माध्यम हो । यसलाई भरपुर प्रयोग गर्ने कुरा छदैछ तर मेरो व्यक्तिगत ईच्छा चाहाना भन्ने हुदैन, पार्टीले जे निर्णय गर्छ, यहाँको आवश्यकता जनताले जे बोध गर्छ त्यो आवश्यकता बोध गरेपछि पार्टीले दिएको निर्णय कार्यन्वयन गर्ने प्रक्रियामा म प्रतिबद्ध छु तर आफ्नो निजि चाहाना छैन ।”
    सिन्धुलीमा रहेको दुई ओटा निर्वाचन क्षेत्रमा गठबन्धन हुँदा निर्वाचन क्षेत्र नं. १ काँग्रेसको भागमा पर्ने देखिन्छ भने निर्वाचन क्षेत्र नं. २ नेकपा (माओवादी केन्द्र)को भागमा पर्ने देखिन्छ । संघीय निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) उपमहासचिव तथा सांसद हरिबोल गजुरेल र बोलिटव्युरो सदस्य तथा प्रदेश सभा सदस्य राजन दाहालको चर्चा रहेको छ । उपमहासचिव गजुरेल पार्टीको निर्णयक भुमिका देखिन्छ भने पोलिटव्यरो सदस्य दाहाल कार्यकर्ताको दरो साथ देखिन्छ । यसर्थ पनि यस क्षेत्रमा कस्ले टिकट पाउने हो भन्ने विषयमा निक्कै चासोका साथ हेरिएको छ ।