-
सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाले गरेका कामहरुप्रति असन्तुष्टि जनाउँदै नेपाली काङ्ग्रेस दुधौलीले ज्ञापन पत्र मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । दुधौली नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै दुधौली काँग्रेसले नगरपालिकाले सम्पादन गर्दै आएका कामहरुप्रति जनगुनासो व्यापक रुपमा आएको भन्दै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
नेपाली काङ्ग्रेस दुधौली नगरसमिति सभापति बलराम कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिकाले सम्पादन गरेका कामहरुप्रति बढ्दै गएको जनगुनासोबारेमा बुँदागत रुपमा उल्लेख गरिएको छ । दुधौली नगरपालिकाको कार्यपालिकाको बैठकले शिक्षा विकास तथा समन्वय इकाई सिन्धुली मार्फत नगरपालिकालाई उपलब्ध गराएको प्राथमिक शिक्षक दरवन्दिमा शिक्षक पदपूर्तिको लागि नगरपालिकाबाट २०७८ फागुण ३ गते बिज्ञापन गराइसकिएको कदम प्रति नेपाली काङ्ग्रेस दुधौली नगरसमितीले आपत्ति जनाएको छ ।
असहमतिका बाबजुद जबर्जस्ती ढंगबाट ऐन नियम मिच्दै सरोकारवालाहरुसंग परामर्श नगरी गरिएको निर्णय र बिज्ञापन प्रति नेपाली काङ्ग्रेस दुधौली नगरसमितीले खेद प्रकट गरेको छ । तुरुन्त निर्णय सच्याएर नगरभित्रका आबश्यक बिद्यालयलाई कोटा निर्धारण गरी बिद्यालय ब्यबस्थापन समितीबाटै कानुनसंवत तरिकाबाट विज्ञापन गराइ पदपूर्ति गर्न काँग्रेस दुधौलीले माग गरेको छ । त्यस्तै दुधौली नगर क्षेत्रभित्र पर्ने कमला नदि नियन्त्रण तथा करीडोर निर्माण कार्य लगायतका नगरपालिकाबाट सम्पन्न अन्य कार्यहरु विधिवत नभएको जनगुनासो दिनदिनै बढिरहेको भन्दै नगरपालिकालाई गम्भिर हुन विज्ञप्तीमा भनिएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन ११, २०७८
सम्बन्धित शीर्षकहरु
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने सेवाहरुमा सहजीकरण गर्ने
मङ्लबार, अशोज १, २०८१युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१-
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१ -
कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने..
मङ्लबार, अशोज १, २०८१ -
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१
-
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१ -
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१
-
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१