• सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाले गरेका कामहरुप्रति असन्तुष्टि जनाउँदै नेपाली काङ्ग्रेस दुधौलीले ज्ञापन पत्र मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । दुधौली नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै दुधौली काँग्रेसले नगरपालिकाले सम्पादन गर्दै आएका कामहरुप्रति जनगुनासो व्यापक रुपमा आएको भन्दै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।

    नेपाली काङ्ग्रेस दुधौली नगरसमिति सभापति बलराम कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिकाले सम्पादन गरेका कामहरुप्रति बढ्दै गएको जनगुनासोबारेमा बुँदागत रुपमा उल्लेख गरिएको छ । दुधौली नगरपालिकाको कार्यपालिकाको बैठकले शिक्षा विकास तथा समन्वय इकाई सिन्धुली मार्फत नगरपालिकालाई उपलब्ध गराएको प्राथमिक शिक्षक दरवन्दिमा शिक्षक पदपूर्तिको लागि नगरपालिकाबाट २०७८ फागुण ३ गते बिज्ञापन गराइसकिएको कदम प्रति नेपाली काङ्ग्रेस दुधौली नगरसमितीले आपत्ति जनाएको छ ।

    असहमतिका बाबजुद जबर्जस्ती ढंगबाट ऐन नियम मिच्दै सरोकारवालाहरुसंग परामर्श नगरी गरिएको निर्णय र बिज्ञापन प्रति नेपाली काङ्ग्रेस दुधौली नगरसमितीले खेद प्रकट गरेको छ । तुरुन्त निर्णय सच्याएर नगरभित्रका आबश्यक बिद्यालयलाई कोटा निर्धारण गरी बिद्यालय ब्यबस्थापन समितीबाटै कानुनसंवत तरिकाबाट विज्ञापन गराइ पदपूर्ति गर्न काँग्रेस दुधौलीले माग गरेको छ । त्यस्तै दुधौली नगर क्षेत्रभित्र पर्ने कमला नदि नियन्त्रण तथा करीडोर निर्माण कार्य लगायतका नगरपालिकाबाट सम्पन्न अन्य कार्यहरु विधिवत नभएको जनगुनासो दिनदिनै बढिरहेको भन्दै नगरपालिकालाई गम्भिर हुन विज्ञप्तीमा भनिएको छ ।