• कमलामाई नगरपालिकाले निर्वाचित जनप्रतिनीधि पाएको ३ वर्ष भन्दा बढि भैसकेको छ । यो बिचमा नगरपालिकाले अनेकौं आरोह अवरोह, सहयोग र आलोचनाका बाबजुद केहि प्रसंशनिय कामहरु गरेको छ भने संगसंगै आलोचना पनि खेपिरहेको छ । चुनावी मैदानमा आउँदा जनतासंग गरेका बाचाहरु केहि पूरा भएका छन् त केहि अधुरै छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन, राहत वितरण लगायतका विषयमा नगरपालिकाले विवादको सामना गर्नुपरेकै हो । प्रस्तुत छ, यी लगायत अन्य समसामयिक विषयमा केन्द्रित रहेर नगर प्रमुख खड्ग बहादुर खत्रीसंग सिन्धुली अपडेट साप्ताहिक र जततउकस्ररकष्लमजगष्पिजबदबच।अयmर का लागि नविन श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

    कमलामाई नगरपालिकाले कोभिड – १९ नियन्त्रणका लागि हालसम्म के के काम ग¥यो र अबका योजना कस्ता छन् ?
    चैत्र ११ गतेबाट लकडाउन सुरु भएको हो । कोभिड–१९ नियन्त्रणको लागि गरिएको लकडाउनलाई व्यवस्थित गर्न हामीले सुरुका केहि समय लगायौं । पहिलो कदम राज्यको नीति नियमको पालना गर्न लाग्यो । दोश्रो कुरा स्वास्थ्य क्षेत्र व्यवस्थित गर्न सिन्धुली अस्पतालका अध्यक्ष र त्यहाँका डाक्टरहरुसँग कोरोनाका विरामीलाई कसरी उपचार गर्न सकिन्छ भनेर छलफल गरियो र आइसोलेशन निर्माणको लागि आवश्यक सामाग्रि उपलब्ध गराएर आइसोलेशन व्यवस्थापन ग¥यौँ । त्यस पश्चात क्वारेन्टिनको बारेमा छलफल ग¥यौं र जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय छलफल भयो । त्यो भन्दा पछाडी कमलामाई नगरपालिकाका दुई स्थान क.न.पा. ६ र ९ मा क्वारेन्टिनको व्यवस्थापन ग¥यौं । जिल्ला अस्पलाल लगाएत स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्रिको अभाव भएकोले कमलामाई नगरपालिकाले पिपिइसेट, थर्मलगन, सेनिटाईजर, मास्क, व्लभ्स जस्ता अति आवश्यक सामाग्रि उपलब्ध गरायौं । बाहिरबाट हाम्रा नगरिकहरु आउने संख्या बढ्न थालेपछि विद्यालयहरुलाई पनि क्वारेन्टिन वनायौं । बढि बन्दा बढी क.न.पा.१४ को जनता मावि चन्दनपुरलाई क्वारेन्टिनको रुपमा प्रयोग ग¥यौं । त्यस्तै हामीले विदेशबाट आउने नागरिकबाट समुदायमा रोग सर्ने जोखिम न्युनिकरण गर्न क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएका छौं ।
    लकडाउनका कारण काम गर्न नपाएपछि दैनिक ज्यालादारीका श्रमिकहरुको चुलो नबल्ने अवस्था सिर्जना भयो । यस्तो अवस्थामा हामीले उनिहरुको चुल्हो बाल्ने प्रयत्न ग¥यौं । पहिलो चरणमा गिट्टी कुट्ने र अन्य दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत सामाग्रि वितरण ग¥यौं । दोश्रो चरणमा अन्य नागरिक जसको चुलो बाल्न समस्या भएको छ उनीहरुलाई पनि राहत सामाग्रि वितरण ग¥यौं । यो अवस्थामा स्वास्थ्य र गाँसको सवालमा गम्भिरतापूर्वक काम ग¥यौं ।
    नगरपालिकामा हालसम्म भारतबाट २ सय जना नागरिक आइसकेका छन् । कमलामाई नगरपालिकाले आँफै भिटिएम खरिद गरेर ती नागरिकहरुको स्वाव संकलन गरेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । साथै परिक्षण पश्चात रिपोर्ट नेगेटीभ आए पछि मात्र उनीहरुलाई घर जाने व्यवस्था गरेका छौं । रिपोर्ट पोजेटिभ आएकालाई सिन्धुली अस्पतालमा आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था गरेका छौं । भारतबाट आएर विभिन्न नाकामा समस्यामा परेर बसेका नागरिकहरुलाई सिन्धुली सदरमुकाम सम्म ल्याउने काम पनि भैरहेको छ । यतिमात्र हैन कमलामाई नगरपालिका कोभिड–१९को न्युनिकरणको लागि सजक छ र आफ्ना नागरिकलाई परेको समस्या समाधानका लागि सधैं अग्रस्थानमा लागिपर्छ ।

    राहत खरिदमा भष्ट्राचार र वितरणमा विभेद भएका गुनासाहरु आएका छन् नी ?
    राहत वितरणमा विभेद भएको छैन । लकडाउनको अवस्थामा कार्यपालिकाको बैठक बसिरहन सक्दैन र त्यो ठूलो संख्यामा हुने भएकोले नेपाल सरकारको कार्यविधिमा विपद व्यवस्थापन निर्देशक समिति बनाउने अधिकार दिएको छ, । त्यो कार्यविधि अनुसार विपद व्यवस्थापन निर्देशक समिति बनायौं । त्यो निर्देशक समितिमा केहि वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका केहि कर्मचारी र उपप्रमुख हुनुहुन्छ । त्यसको नेतृत्व मैले गरेको छु । त्यो समितिका साथीहरुले सम्बन्धित वडा अध्यक्षहरुलाई त्यस वडामा कति राहत प्याकेज चाहिन्छ भनेर डाटा संकलन गर्न दिईएको हो । वडाको निर्णयको आधारमा मात्र राहत वितरण गरेको कारणले गर्दा मलाई जहाँ सम्म लाग्छ विभेद भएको होईन । जसले विभेद भएको आरोप लगाउनुभएको छ उहाँहरुले गम्भिरतापूर्वक सोच्न जरुरी छ ।
    दोश्रो कुरा राहत खरिदमा अनियमितताको विषय निक्कै चर्चाको विषय पनि बन्यो । चर्चाको विषय बन्दा मलाई खुसी पनि लागेको छ । किनभने जो साथीहरुले अनियमितता भएको भन्नुभयो, जसले गुणस्तर छैन भन्नु भयो, जो साथीहरुले कम तौल छ भन्नु भयो । आरोप तीन ओटा लगाउनुभयो । तर म के कुरामा ढुक्क थिएँ भने, म गलत गर्दिन । राम्रो काम गर्ने मान्छे एक दिन सहि सावित हुन्छ । लेलिनले भन्नुभएको छ “तपाईं सहि ठाउँमा हुनुहुन्छ भने, तपाईं कहिलेकाहीँ प्रकृयागत ढंगले गएपनि आफ्नो निर्णय राम्रो हुँदाहुँदै पनि तपाई अल्पमतमा पुर्नहुन्छ तर आफ्नो निर्णयमा दृढतापूर्वक उभिनुस्, तपाईको निर्णय कुनै पनि वेला बहुमतले पास हुन्छ ।” मलाई लगाईएको आरोप पनि सर्वदलिय निर्णयले होईन भनिदियो । जसले गुणस्तर छैन भन्नुभयो, उहाँहरुले त्यहि चामल लगेर बाँड्नु प¥यो र खाद्य विभागले गुणस्तर छ भनिदियो । जसले तौल कम छ भन्नु भयो, त्यहाँ परीक्षण गर्दा तौल बढी भेटियो । जसले मूल्यको कुरा गर्नुभयो उहाँहरुलाई लाज लाग्नुपर्ने हो । सिन्धुलीमा १५ रुपैयाँ किलो आयोडिन नुन कहाँ पाईन्छ ? १०० रुपैयाँ केजी लहरी र मुसुरो मिक्स दाल कहाँ पाईन्छ ? जजसले त्यो कुरा लेख्नु भयो, जजसले त्यो कुरा संचारमाध्यममा छाप्नु भयो, अहिले उहाँहरुलाई मेरो अघिल्तिर अनुहार देखाउन लाज लागेको छ । किनभने कुनै पनि मान्छेले, कुनै पनि राजनीतिक दलले तथ्यको आधारमा सत्य पत्ता लगाउनु पर्छ । तथ्यमा नगई आधारहिन ढंगले, आग्रह पूर्वाग्रही ढंगले आरोप त लगाउन पाईएला तर भोली त्यो चिज नहुँदा कति लाज हुन्छ ? म त खुशी भएँ किनकी २० किलो चामल छैन भनेको ठाउँमा २० केजी भन्दा वढी हुनु, गुणस्तर छैन भनेको ठाउँमा गुणस्तरीय छ भनेर खाद्यले लेखेर दिनु, भ्रष्टाचार भयो भनेको ठाउँमा १५ रुपैयाँ केजी नुन र १०० रुपैयाँ केजी दाल पाउनु, चामल त्यहि अनुसारको छ, तेल त्यहि अनुसारको छ । यो हिसावले गर्दा जे आरोप उहाँहरुले लगाउनु भयो, त्यो आरोप बेठिक रहेछ भनेर जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताहरुले स्विकारीसक्नुभयो । मैले बोल्नु पनि परेको छैन । जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताहरुले नै कमलामाई नगरपालिकाले बाँडेको सामाग्रि राम्रो छ भन्नुभएको छ । अब जो वडा अध्यक्षले आरोप लगाउनुभयो उहाँले पनि अहिले त्यहि चामल लगेर बाँड्नु भएको छ । जुन दिन उहाँले विज्ञप्ती निकाल्नु भएको छ त्यसको अघिल्लो दिन उहाँले (सिफारिस गरेको लेटर अहिले पनि मसँग सुरक्षित छ,) नगरपालिकाबाट चामल माग्दै लाँदै बाँड्नु भएको छ । एता देखाउनको लागि विज्ञप्ती निकालेर विभिन्न लानछाना लगाउनुभएको छ । यसले गर्दा जुन खालको भ्रम छर्ने काम भयो, कमलामाई नगरपालिका र यहाँका जनप्रतिनिधिलाई कम्जोर वनाउने काम भयो त्यो भ्रम छिनभर पनि टिक्न सकेन ।

    कोभिड–१९ को महामारीले विकास निर्माणका कामलाई पारेको असरप्रति यहाँको धारणा के छ ?
    यस महामारीका कारण केही कामहरुलाई अवस्य नै समस्या भए । प्रदेश सरकार र संघीय सरकारबाट समपुरक, विशेष कोषबाट आएका योजनाहरुका पैसा आउन ढिलो ग¥यो । लकडाउनका कारण सम्झौता गर्न ढिलो भएर केहि समस्याहरु परेका छन् । प्रदेश र संघीय सरकारले योजनाको म्याद थपिदियोस् । त्यो म्याद थप्यो भने नगरपालिकालाई समस्या छैन । किनभने देशमा लकडाउन हुँदैन थियो भने जेष्ठ भरिमा योजनाहरु सम्पन्न भईसक्थे । तर लकडाउनका कारण केहि समस्या भयो । जुन जुन योजना असारमा सम्पन्न हुन सक्दैनन् तिनलाई मंसिरसम्म सम्झौता गरेर सक्नु पर्छ । ती योजनामा संघ र प्रदेशले पैसा दिएनन् भने त्यसको स्वामित्व कमलामाई नगरपालिकाले लिन्छ भनेको हुनाले हाम्रो बजेटमा केहि समस्याहरु आउँछन् । कोभिड–१९ का कारण रोजगारी गुमाएर घर फर्किएका युवाहरुलाई कृषिमा सौहुलियत दिएर उत्पादनमा जोड्नु पर्ने छ । त्यसमा केहि समस्या आउँछ । तर पनि मैले के भनेको छु भने अहिले पनि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट घटेको छैन । भौतिक पुर्वाधार विकासको काममा बाटो पिच अर्को साल गरौंला, बोटोमा नाला भएन भने अर्को चोटि गरौंला तर बाँझो रहेको जमिनलाई अर्को साल भन्नुहँुदैन । लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुको पठनपाठनमा समस्या पार्नु हुन्न । स्वास्थ्य त झन पहिलो प्राथमिकता भयो नै ।

    चुनावी घोषणा पत्र अनुसारका कामहरु कति भए र कति बाँकी छन् ?
    नम्बर १ मा सिन्धुली गढी । यसको प्रकृया अगाडी बढ्यो, जुन मेरो घोषणा पत्रमा थिएन । युद्ध संग्राहलय बन्यो र त्यो संग्राहलय बन्दै दरबारको पनि प्रकृया अगाडी बढि सक्यो । दोस्रो ‘नगरवासीको चाहना, उज्यालो नगर हाम्रो कामना’ भन्ने मेरो नारा थियो । यसको मतलव सबैको घर घरमा विजुली बत्ति बाल्ने हो । यो लडकडाउनले गर्दा केहि समस्या परेको छ । तार र पोल नगरपालिकामा मौज्दात छ, । वडा नं. ७ का सबै घरमा बिजुली पुगिसक्यो । वडा नं. ८ मा प्रकृयामा छ, काम भई रहेको छ । वडा नं. १० का अधिकांस घरमा बिजुली बलिसक्यो । ८÷१० घर मात्र बाँकी छन् तीनमा पनि साउन सम्ममा बत्ति पुग्छ । अब बल्न बाँकी वडा नं. १ र ४ का केहि भागमा हो । सबै सामाग्रि छ त्यहाँ पनि छिटै पु¥याउँछौं । तेश्रो कुरा उज्यालो नगरपालिकामा खरपरालको छानोको अन्त्य भनेको छु, त्यो पनि १ करोड जस्ताको टेण्डर लागेको छ । टेण्डर प्रकृया पूरा गरेर जस्ता आएपछि त्यो पनि काम बन्छ । अर्को भनेको सबै वडामा स्वास्थ्य चौकी भनेको थिएँ । सबै वडामा स्वास्थ्य चौकी भै सक्यो । अर्को भनेको भिमानको वडा नं. ९ र १० जोड्ने पक्कि पुल हो । त्यो पक्किपुल टेण्डर भएर काम अगाडी बढेको छ । अर्को मैले घोषणा पत्रमा उल्लेख गरेको भनेको सिन्धुलीमा एयरपोर्टको लागि प्रकृया अगाडी बढाउँछु भनेको थिएँ । सिस्नेरीमा एयरपोर्टको लागि प्रकृया अगाडी बढेको छ । त्यहाँ हाईस्टेशनलाईनले समस्या दिईरहेको छ । मेरो घोषणा पत्रमा लेखिएकोमा घरैपछे धारा भनिएको छ । घरैपिछे होईन १५ मिनेटको दुरी भन्दा पर कमलामाई नगरपालिका भित्र पानी खाने वनाउँदिन म । सकभर घरैपिछे धारा दिन्छु तर भौगोलिक दृष्टिकोणले नेपालको पाँचौ नम्बरमा ठूलो नगरपालिका हो यो । प्रत्येक वडामा सकभर धारा नभए पनि १५ मिनेट भन्दा वढी गाग्री बोकेर पानि लिन जानुपर्दैन । अब घोषणा पत्रमा लेखेर पनि नसक्ने कुरा भनेको सबै वडामा प्रहरी चौकी भनिएको छ । मैले सबै ठाउँमा भन्ने गरेको छु मेरो घोषणापत्रमा लेखिएर पनि यो असम्भव भयो । मेरो घोषणा पत्रमा अर्को लेखिएको भनेको सुविधा सम्पन्न सभाहल हो । यसपालि ११ करोडको सभाहल निर्माण गर्ने योजनमा थियो तर लकडाउनले असर पारेकोले यो योजनालाई अर्काे वर्षका लागि सारेको छु ।
    बसपार्क व्यवस्थापन गर्छु भनेको थिएँ । वसपार्क ढलान गरेर व्यवस्थित गरेको छु । बजार र कारागार जोड्ने पक्कि पुल भनेका थियौं । त्यो प्रकृयामा अगाडी बढि सकेको छ । सबै वडामा अनलाईबाट काम भएको छ । यसरी हेर्दा केहि कुरा दुध र मासुमा आत्म निर्भर छ । मैले तरकारीमा आत्मनिर्भर गराउने प्रयत्न र पहलमा लागेको छु । कमलामाई नगरपालिका अब दिन प्रतिदिन तरकारीमा पनि आत्मनिर्भर हुँदैछ । यो बाँझो जमिनमा उत्पादन भयो भने निश्चिय पनि हामी आत्मनिर्भर हुन्छौं । हामीले भन्ने गरेका छौं विदेशी खान्की होईन, आफ्नै गाउँको उत्पादन खाऊँ । घोषणा पत्रमा लेखिएका केहि कुराहरु पूरा गर्न कोरोनाले प्रभावित ग¥यो । केही कुरा पूरा गर्न तत्कालै नसक्ने छन् । यस वर्ष पूरा गर्न नसकिएका योजनाहरुले अर्काे वर्ष निरन्तरता पाउनेछन् ।

    नगरको विकास योजना छनौट प्रकृयामा आफू निर्वाचित भएको पार्टीसँग कतिको समन्वय गर्नु भएको छ ?
    म पूर्व नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुँ । मैले हरेक वडाहरुमा योजना छनौट वा राहत वितरणमा सर्वदलिय बैठक भनेर किन खोजि रहेको छु भने कति वडाहरु हारेका वडाहरु पनि छन् । कति जितेका वडाहरु पनि छन् । १४ ओटा वडा मध्य ७ ओटा पूर्व एमाले, ६ ओटा नेपाली काँग्रेस र एउटा पूर्व माओवादीले जितेको हो । अहिले कम्युनिष्ट एक भयौं । मैले सबै वडाहरुमा किन सर्वदलिय खोजेको भने त्यसमा अरु जिम्मेवार राजनीतिक दलहरु पनि सहभागि हुनुपर्छ, । यसमा कसैको गुनासो छ भने जनताको अगाडी कुरा राखेर पास गराएर ल्याउनु प¥यो । जनताको अगाडी कुरा राख्न नसक्ने, खुसुक्क यहाँ मलाई टिपाएर हँुदैन । किन हुँदैन भने जनताले यो ठाउँमा योजना मागेको भन्ने कुरा थाहा हुनुपर्छ । मैले के भनेको छु भने माननीय ज्यूहरुलाई अब नगर सभाले पास गरेका योजना भन्दा बाहेकका कोहि पनि मान्छेले योजना हाल्न पाईदैन । किन भने हिजो पनि ठूला वडाहरुले योजना झ्यालबाट छिराएर रातो किताबमा हाल्ने चलन थियो, अहिले पनि छ । त्यसैले नगरसभामा पास भएका योजना बाहेक बाहिरका योजनामा बजेट हाल्नु हुँदैन ।
    म निर्वाचित भएको पार्टीका जिम्मेवार मान्छेहरुसँग म सधैं समन्वयमा हुन्छु । नेकपा कमलामाई नगर कमिटिका अध्यक्ष ज्यू सधै मसँग टचमा हुनुहुन्छ । उहाँलाई कमलामाई नगरपालिकाको सबै गतिविधि थाहा छ र पार्टीको पनि । हुन सक्ला अहिले ठूलो पार्टी छ, ठूलो पार्टीमा सबैलाई सबै कुरा जानकारी नहुनु पनि सक्छ । हिजो म पनि पार्टीको सदस्यता काटेर पार्टीका झोला बोकेर हिँडे । आज म त्यसरी हिंड्न सकिन होला । अहिले मेरो जिम्मेवारी त्यो पार्टीमा भन्दा पनि पार्टीलाई बचाउने राज्यको पक्षमा म छु । यसले गर्दा मेरो गतिविधिले मेरो राजनीतिक पार्टीलाई घाटा भएको छ कि नाफा भएको छ ? त्यो नेताले बुझ्नु पर्ने हो । मजदुर स्वास्थ्य विमा, श्रमजिवी सर्वाहारा वर्गको स्वास्थ्य विमा, आङ खस्ने, हर्नियाको निशुल्क उपचार जस्ता प्रत्यक्ष जनतालाई फाईदा पुग्ने कार्यक्रम ल्याएको छु । आज प्रत्येक गिट्टि कुट्ने श्रमिककोमा पुगेर चामल वबाँडीरहेको छु । हिजो सिन्धुली बजारमा वेरोजगारीलाई रोजगार दे भनेर नारा लगाएँ, बढ्दो महंगी नियन्त्रण गर भनेर नारा लगाएँ, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद भनेर नारा लगाएँ, भ्रष्टाचारीलाई फाँसी दे भनेर नारा लगाउने मै हुँ । हिजो सडकमा नारा लगाएको थियो आज त्यो पूरा गर्छ कि गर्दैन भनेर परिक्षण गर्न मलाई यो कुर्सिमा पु¥याको हो । मेरो घोषणा पत्र अनुमोदन भएर म जितिनु भनेको मेरो पार्टीले जित्नु हो । हुनसक्छ, सधै कार्यकर्ता संगको भेटघाट हिजोको जस्तो नहुन सक्छ, तर भ्याएसम्म सबैलाई समय दिने गरेको छु । म निर्वाचित जनप्रतिनिधिको हिसावले म जुन कम्युनिष्ट र जनताले माया गरेर निर्वाचित गराउनुभयो उहाँहरुको आशालाई पूरा गरेर नै छाड्ने छु । मेरो जुन पार्टी छ, त्यही पार्टीले गर्दा आज म यो कुर्सिमा बसेको छु,। मेरो पार्टीसँग र पार्टीको लिडरहरुसँग मेरो सम्पर्क सम्बन्ध सुमधुर राम्रो छ ।

    केहि दिन अगाडी नेपाल भारत वीचको सीमा विवादका विषयलाई लिएर प्रेश विज्ञप्ती नै जारी गर्नु भयो र सिमामा पर्खाल लगाउन एक करोड छुट्याउने घोषणा गर्नु भयो । यो स्थानीय तहको क्षेत्राधिकार भित्र पर्छ ?
    नेपाली नागरिककको हिसावले हामीले राष्ट्रियताको विषयमा बोल्न नपाउने भन्ने पक्कै होईन । को सफल असफल म जान्दिन । जसरी अहिले नक्सा जारी गर्न सक्यौं, एक दिन नेपालीले निर्णय गर्नै पर्छ कि नेपाल भारतको सिमानामा वाल लगाउनु नै पर्छ । जुन हेपाहा प्रवृत्ति नेपाल माथि भारतले गरेको छ, त्यो सहने खालको होईन । यत्रो कोरोनाको माहामारिमा नेपाली नागरिक उसको देशमा छन् उहाँहरुलाई ठेलिठेलि पठाउने ? उसले आफ्नो देशको नागरिक लानलाई नाकामा कडाई गरेको छ । अनि यहि वेलामा लिपुलेक, लिम्पीयाधुरामा अतिक्रमण गर्नुपर्ने ? कोरिया स्वतन्त्र भए पछि त्यहाँका सबै नागरिकले आफ्नो सुन राज्यलाई दिएर सम्पन्न भएको हो । नेपाली नागरिकले पनि कर तिरेको छ, । अहिले राज्यले घोषणा गरोस् मैले बोल्न पाउने नपाउने होईन, पूर्व मेचि देखि पश्चिम महाकाली सम्म पक्किवाल लगाउँछु भनोस् । प्रत्येक नेपालीले घर घरबाट पैसा दिन्छन् । अनि स्थानीय सरकार चाहीं नदि वस्न पाईन्छ ? नेपाल सरकारले आँट गर्नु प¥यो । सरकारमा पुग्नु भन्दा अगाडी नेताहरुले भारतीय विस्तारवाद भनेर विरोध गर्ने अनि अहिले आँट नगर्ने पनि हुन्छ ? त्यो खेल म खेल्दीन । जे हिजो चुनावको वेलामा वा प्रतिपक्षमा रहँदा बोलियो त्यो कुरा नै कार्यान्वयन गर्छु । भारतीय दादागिरीको विरुद्धमा दृढतापूर्वक उभिन्छु । बरु नेपाली जनता एक चौथाई खान तयार छौं, भारतीय हेपाहा प्रवृति सहिदैनौँ । कति बेइमान गरेको छ भारतले त्यसको लेखाजोखा कसरी गर्न सकिएला । अहिले विदामा वसेका गोर्खा सैनिकलाई बोलाएर चाईनाको वोर्डरमा पठाई रहेको छ । नेपाल सरकारले भन्नु प¥यो गोर्खा सैनिकमा काम गरेका सेनालाई त्यहि दर्जा दिएर नेपाली सेनामा ल्याउनुपर्छ । यत्रो देशमा पैसा छैन भनेर कसैले पत्याउँछ ? हिजो क्यान्टोनमेन्टका सेनालाई दिन पैसा भयो, आज यत्रो राहत दिनलाई पैसा छ । ती गोर्खा सैैनिकलाई नेपाल फर्काउनु पर्छ र हाम्रो देशमा नै सैनिक उत्पादन गर्नुपर्छ । भारतसँग डराउनु पर्दैन ।

    – स्थानीय तहमा भ्रष्टाचार वढी रहेको भन्ने आरोपहरु आइरहेका छन् । कमलामाई नगरपालिकाले भ्रष्टाचार नियन्त्रणका लागि कस्तो रणनीति अपनाएको छ ?
    यो अन्यन्तै जटिल विषय छ । म निर्वाचित भएको एक वर्ष भएपछि मैले लिएको भत्ता र प्रयोग गरेको सुविधा वापतको खर्च सार्वजनिक गर्ने गरेको छु । प्रत्येक वर्ष सार्वजनिक गर्दैआई रहेको छु । कमलामाई नगरपालिकाले अनावश्यक टिएडिए दिएको छैन । योजनामा अनुगमन गर्दा गलत भएको ठाउँमा कसैलाई पनि सिफारिस गर्दिन । तर सवै भन्दा ठूलो रोग नै भ्रष्टाचार हो । यसलाई नियन्त्रण गर्नासाथ सबै समस्या समाधान हुन्छ । मेरो पहिला देखि नै लजिक फरक छ । म कमलामाई नगरपालिकाको मेयर भएँ, अहिले मेरो आम्दानी छ । हिजो म नेता हुदाँ मेरो आम्दानी के ? सबै नेतृत्वको खोज्नु जरुरी छ । काम कोहि केहि नगर्ने अनि सुकिला लुगा लगाएर गाडी चढेर हिँड्ने ? आम्दानीको श्रोत के ? सबैजनाको आम्दानीको श्रोत छानविन गर्नु जरुरी छ । भ्रष्टाचार भन्ने चिज नेपालीको मानसिक रोग भईसक्यो । कोही एक जना मान्छेले कमलामाई नगरापलिकाका कर्मचारीले अनियमितता ग¥यो, घुस खायो भन्यो भने छानविन गरेर कडा भन्दा कडा कारवाहीको लागि सिफारिस गर्छु । तर गर्नु हुन्छ के ? कोहि त्यसो भनेर यहाँ आउँदोरहेन छ । बाहिर बाहिर नै सबै कुरा मिल्छ क्यारे । यो मलाई नि समस्या भएको छ । भन्न चंै नमिल्ने भ्रष्टाचार गर्ने मान्छेलाई कारवाही गर्न अहिलेको कानुन भन्दा अलि फरक ढंगको कानुन जरुरी छ । अहिलेको कानुन पर्याप्त छैन ।