• सिन्धुली/सिन्धुलीमा फ्रन्टलाईमा काम गर्ने सबै पत्रकारहरुको कोरोना विमा गरिएको छ । विश्वमा फैलिरहेको कोभिड–१९ को महामारीका वीचमा पनि जोखिम मोलेर आफ्नो पेशामा खेटिनु पर्ने भएकोले सबै पत्रकारहरूको कोरोना विमा गरिएको हो ।
    शिद्धबाबा एफएम मार्फत जिल्लामा क्रियाशिल ४७ जना पत्रकारहरुको जनहि एक लाख रुपैयाँको कोरोना विमा गरिएको शिद्धबाबा एफएमका स्टेशन म्यानेजर टिकाजंग थापाले जानकारी दिनु भयो । विमाको लागि क.न.पा. ४ मल्लागाउँ निवासी हाल स्वीडेनमा रहनुहुने जनसम्पर्क समिति स्वीडेनका महामन्त्री सुरेश कार्कीले आर्थिक सहयोग उपलब्ध गराउनुभएकाे स्टेशन म्यानेजर थापाले वताउनुभयो । कार्कीले स्वर्गीय पिता कुलबहादुर कार्की र स्वर्गीय दाजु शंकर कार्कीको सम्झनामा आर्थिक सहयोग गर्नुभएको हो ।
    कोरोना विमा एभरेष्ट इन्स्योरेन्समा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीले पनि फोनिज सम्बध्द क्रियाशिल पत्रकारकाे यस अघि नै विमा गरिसकेको छ ।
    विमितहरुलाई कोरोना पोजेटिभ देखिएमा एक लाख रुपैयाँ उपलब्ध गराइने एभरेष्ट इन्स्योरेन्स सिन्धुलीका शाखा प्रबन्धक राजु सापकोटाले जनकारी दिनुभयो । शाखा प्रबन्धकका अनुसार शिद्देश्वर खानेपाली तथा सरसफाई उपभोक्ता समितिका कार्यसमिति तथा कर्मचारीहरूको पनि कोरोना विमा गरिएको छ ।