गायक थापाको नयाँ लोकगीत सार्वजनिक
सिन्धुली/सुप्रशिद्ध लोकगीत ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमैं’ बोलको गीतका गायक हुन् स्व.कृष्ण बिक्रम थापा ।
उनै लोकगायक थापाको स्वरमा सजिएको यो गीत सवैको जनजिव्रोमा झुन्डिन सफल छ ।
उनै गायकका सुपुत्र उदयीमान लोक गायक राजु थापाले नयाँ गित सार्वजनिक गर्नुभएको छ । गायक थापाले ‘वरपीपलको छाँयाले’ बोलको नयाँ लोकगीत सार्वजनिक गर्नुभएको हो ।म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको गीतको शव्द संकलन तथा स्वर थापाकै रहेको छ भने लोकप्रिय गायक भोजराज काफ्लेको लयमा तयार गरीएको छ ।
गीतको भिडियो समेत सार्वजनिक भैसकेको छ । वरपीपलको छाँयाले बोलको गीतमा सिन्धुलीकै हाँस्यकलाकार यादव प्रसाद देवकोटा ‘सरापे’ र मेलिना ठकुरीले अभिनय गरेका छन् । उक्त गीतमा लक्ष्मण चौलागाई ‘खिम्ते काका’ र कलाकार सुदर्शन प्रसाद आचार्य समेतको अभिनय रहेको छ ।
लोकप्रिय लोकगायक भोजराज काफ्लेको निर्देशन तयार भएको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । रेशम दर्लामीको छाँयाङ्कन रहेको गीतको सम्पादन भने प्रदीप दाहालले गर्नु भएको छ ।नव गायक राजु थापाले यसअघि पनि आफ्ना प्रसिद्ध लोकगायक स्वर्गिय कृष्ण विक्रम थापाको सिन्धुलीगढी घुमेर हेर्दा गीतमा स्वर भरेर श्रोतमाझ ल्याइसक्नुभएको छ । जसले निकै चर्चा पाइरहेको छ ।
आफ्ना स्वर्गिय पिताको कला पदचाप पछ्याउँदै राजुले लोकगीतको क्षेत्रमा आफूलाई स्थापित गराउँन निकै कसरत गरिरहनुभएको छ । थापाको नयाँ गीतले सफलता पाओस्, शुभकामना ।



