१४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन
सिन्धुली/सिन्धुलीमाढीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज मंगलबार एक बिशेष समारोह बिच उद्घाटन गरीएको छ ।
रनिङ शिल्ड प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरलले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बन्न र आफ्नो प्रतिष्ठा बढाउँन आग्रह गर्नुभएको छ ।
कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा आाजबाट सुरु भएको प्रतियोगिता बिहिबारसम्म अर्थात १० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, उसु लगायतका खेलहरू संचालन हुने छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिशाल थिङको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि, खेलाडीहरु लगायत खेलप्रमीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।



