-
काठमाडौं/सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्ध लड्न ६४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
News Desk 0 response शनिबार, जेष्ठ १५, २०७८
अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शनिवार कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ भने कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।
संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई दिइँदै आइएको जोखिम भत्ता संक्रमण कायम रहेको अवधिसम्मलाई निरन्तरता दिइएको छ।
मन्त्री पौडेलले कोरोना संक्रमितको सेवालाई मध्यनजर गर्दै सबै अस्पतालको जानकारी र बेडको उपलब्धताबारे नियमित जानकारी दिने व्यवस्था मिलाइएको जनाए। सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।
साथै कोभिड – १९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने विजुलि महशुलमा ५० प्रतिशत छुट दिइने पनि जनाइएको छ। सरकारले कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट दिने जनाएको छ।
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१