-
माघ १५, सिन्धुली/संघीय सांसद राजन दाहालले सिन्धुलीलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलाडीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । सोमबार बृहत् सिन्धुली जिल्लास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८०’ उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
जिल्लास्तरीय प्रतिस्पर्धामा अब्बल खेलाडीले प्रदेशस्तर र प्रदेशस्तरमा सफलता प्राप्त गर्ने खेलाडीले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने उल्लेख गर्दै उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । जिल्लाको प्रतिष्ठा बढाउन खेलाडीहरुले योगदान पु¥याउँदै आएकोमा उहाँले प्रशंसा गर्नुभयो ।
News Desk 0 response सोमवार, माघ १५, २०८०
‘अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा अब्बलता प्रदर्शन गरी मुलुकको प्रतिष्ठा स्थापित गर्ने सिन्धुलीका खेलाडीहरु हुनुहुन्छ । उहाँहरुको विरासत अब तपाईंहरुले जोगाउनुपर्छ,’ सांसद दाहालले भन्नुभयो ।
उहाँले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य स्वस्थ राख्न खेलकुद आवश्यक पर्ने बताउनुभयो । ‘खेलकुदमार्फत हाम्रा उत्साह र ऊर्जा प्रदर्शन गर्न सक्छौं । आफ्नो इच्छाशक्तिअनुसारको खेलकुद रोज्ने र सफलता प्राप्त गर्ने लक्ष्य प्रत्येक खेलाडीले लिनुपर्छ,’ उहाँको भनाइ थियो ।
उहाँले खेलकुदमा प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । जसले प्रतिस्पर्धालाई स्वीकार्छ उसले सफलता प्राप्त गर्छ भन्ने उहाँको धारणा थियो । ‘जसले प्रतिस्पर्धा र सहकार्यलाई स्वीकार्छ, सिक्न र सिकाउनलाई कहिल्यै पनि थाक्दैन, साँच्चिकै ऊ अब्बल र सफल खेलाडी बन्छ । त्यस्तो जीवन नै सुन्दर र सार्थक जीवन हुनेछ,’ सांसद दाहालले भन्नुभयो ।
उहाँले खेलाडीहरुलाई आफूले रोजेको खेलमै भविष्य देख्न आग्रह गर्नुभुयो । एकाग्रता र अनुशासनको जगमा सफलता प्राप्त गर्न सकिने उल्लेख गर्दै उहाँँले खेल अनुशासनको पालनामा खेलाडीहरु चुक्न नहुने बताउनुभयो । ‘जुन खेलाडी अनुशासित हुन्छ, उसले सफलता हासिल गर्छ । जुन खेलाडी मन वचन र कर्मले प्रतिबद्ध भएर समर्पित रहन्छ, ऊ आफ्नो खेलमा अब्बल ठहरिन्छ,’ सांसद दाहालको भनाइ थियो ।
उहाँले स्वस्थ प्रतिस्पर्धा र सहकार्यमार्फत एकले अर्कोलाई सिक्न सिकाउन प्रतियोगितामा सहभागीहरुलाई आग्रह गर्नुभयो ।
प्रतियोगिताको अयोजक संस्था जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विशाल थिङ तामाङले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडी उत्पादन गर्ने प्लेटफर्म भएको बताउनुभयो । ‘गत वर्ष जिल्लाका नौवटै पालिकाबाट पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुको सहभागितामा जिल्लास्तरीय प्रतियोगिता सम्पन्न ग¥यौं । जुन प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुमध्ये प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा केही विधामा मेडल प्राप्त गर्न सक्यौं । यो वर्ष विभिन्न प्रतिकूल परिस्थितिहरुका बाबजुद पनि यो प्रतियोगिता आयोजना गरेका छौं,’ उहाँले भन्नुभयो ।
खेलकुदले व्यक्तिलाई सकारात्मक बाटोतर्फ डो¥याउने भएकोले अत्यन्त महत्वपूर्ण रहेको अध्यक्ष तामाङले बताउनुभयो । खेलकुदले व्यक्तिगत लक्ष्यसँगै भूगोल र राष्ट्रप्रति समर्पित गराउने धारणा उहाँले राख्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, सुनकोशी गाउँपालिकाका प्रमुख दिपा बोहोरा, फिक्कल गाउँपालिकाका प्रमुख पार्वति सुनुवार, गोलन्जोर गाउँपालिकाका उपप्रमुख ज्वाला प्रसाद न्यौपाने, तिनपाटन गाउँपालिकाका उपप्रमुख असोक पुलामी, प्रमुख जिल्ला अधिकारी भरत खनाल लगायतको उपस्थिती रहेको थियो ।
आजबाट सुरु भएको १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, कराते, एथ्लेटिक्स, तेक्वान्दो र उसु खेलहरु खेलाइनेछ । ३ दिन सम्म चल्ने प्रतियोगिताको माघ १७ गते समापन हुने छ ।
सम्बन्धित शीर्षकहरु
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गदैँ
सोमवार, जेष्ठ ७, २०८१लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१