सिन्धुलीमा नयाँ नागरिकता लिने महिलाको संख्या बढी, प्रतिलिपि लिनेमा पुरुष अगाडि
सिन्धुली/सिन्धुलीमा नयाँ नागरिकता लिने महिलाको संख्या पुरुषको भन्दा बढी देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्यांक अनुसार २०८२ सालदेखि २०८३ सालको चैत महिनासम्म ९ हजार ९१९ जनाले नयाँ नागरिकता लिएका छन् ।
नयाँ नागरिकता लिनेमा ५ हजार २१३ जना महिला छन् भने पुरुषको संख्या ४ हजार ७०६ रहेको छ । यसरी हेर्दा पुरुषको तुलनामा ५०७ जना बढी महिलाले नयाँ नागरिकता लिएका जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालले जानकारी दिनुभयो ।
फेरीयता नागरिकताको प्रतिलिपि लिनेमा भने पुरुषको संख्या बढी छ । सोही अवधिमा ५ हजार ३११ जनाले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
प्रतिलिपि लिनेमा ३ हजार २१६ जना पुरुष र २ हजार ९५ जना महिला छन् । अर्थात् महिलाको तुलनामा १ हजार १२१ जना बढी पुरुषले नागरिकताको प्रतिलिपि लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत कटवालले उपलब्ध गराउनुभएको विवरण अनुसार नयाँ नागरिकता लिनेमा महिला बढी देखिएका छन् भने प्रतिलिपि लिनेमा पुरुषको संख्या बढी रहेको छ ।
उहाँको अनुसार सो अवधिमा कुल १५ हजार २३० जनाले नयाँ नागरिकता र प्रतिलि लिएका छन् ।


