मरिणमा ८१ जनाको आँखा परीक्षण, ११ जना मोतिबिन्दुका बिरामी छनोट

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका २ मुङ्ग्रेमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनोट शिविरमा ८१ जनाको आँखा परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा ११ जना मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी छनोट भएका छन् भने ३१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं Nige Allik Tee And Zhang Wen’s Family Singapure,र Good Vision Nepal को सहयोगमा शिविर सञ्चालन गरिएको हो । मरिण गाउँपालिका २ र नेपाल रेडक्रस सोसाइटी कपिलाकोट उपशाखाको संयोजन तथा व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले शिविरको आयोजना गरेको हो ।

शिविरमा स्थानीय नागरिकको आँखाको परीक्षण गरी आवश्यकताअनुसार चश्मा वितरण गरिएको थियो । परीक्षणका क्रममा मोतिबिन्दु देखिएका ११ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि छनोट गरिएको आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका प्रमुख पवन पाख्रिनका अनुसार ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । उहाँले शिविरबाट स्थानीय नागरिकले आफ्नो गाउँमै आँखा परीक्षण तथा आवश्यक परामर्श र उपचारसम्बन्धी सेवा पाएको बताउनुभो ।

शिविरमा ८१ जनाको आँखा परीक्षण ३१ जनालाई निःशुल्क चश्मा वितरण तथा ११ जना मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी छनोट गरी कार्यक्रम सम्पन्न गरिएको प्रमुख पाख्रिनले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *