सिद्धबाबा उपशाखाद्वारा खुला रक्तदान कार्यक्रम हुँदै
सिन्धुली/“रक्तदान जीवनदान” भन्ने मूल नारको साथ नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा सिन्धुलीले खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रक्तदान कार्यक्रम असोज २१ गते बुधबार अर्थात भोली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिद्धबाबा उपशाखाको प्राङ्गण, ढुंग्रेबासस्थित बकेश्वर महादेव मन्दिर परिसरमा हुने आयोजकले जानकारी दिएको छ ।
रक्तको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा अघि बढाउँदै बढीभन्दा बढी व्यक्तिलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
कार्यक्रमको आयोजना नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा सिन्धुलीले गरेको हो ।कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले प्राविधिक सहयोग गर्नेछ भने नेपाल रेडक्रस सोसाइटी कमलामाई नगर शाखाले समन्वय गर्नेछ ।


