नेपाली काङ्ग्रेस कमलामाई–५ को सभापतिमा खड्का चयन

 

सिन्धुली/नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नम्वर ५ सिन्धुलीको वडा अधिवेशन आज सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको १५ औ वडा अधिवेशनले देवेन्द्र खड्काको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपसभापतिमा कर्ण बहादुर सुनुवार, टलकी माया श्रेष्ठ (भावना), सचिवमा बल बहादुर विक, सहसचिवमा राजन बहादुर ढकाल, सदस्यहरुमा तिलकुमारी कार्की, तीलक माया खड्का, सन्जु विक, खेम राना मगर, बृजमोहन प्रसाद गुप्ता, गणेश नारामगर, कृष्ण बहादुर पाख्रिन र सुमित्रा कार्की चयन भएका छन् ।

वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नम्वर ५ का नव निर्वाचित वडासभापति देवेन्द्र खड्काले जानकारी दिनुभयो ।

कल्याण सुनुवारको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली काँग्रेस सिन्धुलीका सभापति एवं कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल लगाएतका काँग्रेस सम्बद्ध विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

अधिवेशनले पूर्ण बहादुर खड्का, प्रकास सुनुवार, गोपाल कुमार पौडेल, कमल कुमार पोखरेल, गोबिन्द खड्का, रमेश महतरा, विश्वेश्वर पाण्डे र उद्धव ढकाल लगाएत ३३ जनालाई क्षेत्रीय प्रतिनिधिमा चयन गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सिन्धुलीका सभापति पोखरेलले निर्वाचित नयाँ कार्यसमितिले पार्टीलाई मजबुत र एकढिक्का बनाएर अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो । साथै वहाँले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *