सिन्धुलीमा बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित ग्वाङखोलामा १० वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्ज्वल कार्कीका अनुसार झोलुङ्गे पुलमुनि बालिका नुहाइरहेको अवस्थामा घटना भएको हो। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्ज्वल कार्कीका अनुसार आरोपितलाई आइतबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो ।
उहाँको अनुसार घटनाको प्रकृति, आरोपितको संलग्नता तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनासम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने छ ।
प्रतिक्रिया


