सिन्धुलीका १९ जनाको सकुशल उद्धार

सिन्धुली/गत बुधबार बिहान भोटेकोशीमा गएको विनाशकारी बाढीपछि सिन्धुली ५० जनाभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, तिनपाटन गाउँपालिका, हरिहरपुरगढी, सुनकोशी र दुधौलील गायतका विभिन्न स्थानीय तहका नागरिक रहेका छन् ।

सिन्धुली क्षेत्र नं. २ का माननीय आषिस गजुरेलले आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको जानकारी अनुसार हालसम्म १९ जना सिन्धुलीवासी नागरिकको सकुशल उद्धार गरिएको छ ।

हाल सम्म राजन रसाइली ४२ वर्ष,बलबहादुर माझी ५० वर्ष, क्तबहादुर माझी १८ वर्ष,सुनिल माझी ३५ वर्ष,दिनेश मगर २३ वर्ष ,पर्शुराम राई ३३ वर्ष बद्री थापा ४५ वर्ष,कुमार बुढाथोकी ४५ वर्ष, सूर्यबहादुर तामाङ ३९ वर्ष,नवराज मिर्चिङ ३१ वर्ष, नवीन तामाङ २२ वर्ष, नारायणबहादुर खत्री ५२ वर्ष,भुवनबहादुर सुनुवार ४२ वर्ष र ३३ वर्षका श्यामलाल मोक्तानलाई सकु शललाई उद्धार गरिएको गजुरेलले आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य भने अझै जारी छ । सम्पर्कविहीन रहेका नागरिकहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको माननीय गजुरेलले बताउनुभएको छ ।
विपद्को यस कठिन घडीमा उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वयंसेवक तथा सहयोगी सबैप्रति उहाँले हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

साथै अझै सम्पर्कमा नआएका नागरिकहरूको शीघ्र खोजी, उद्धार र सुरक्षित पुनर्मिलनका लागि सम्पूर्ण संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको गजुरेलले बताउनुभएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *