सिन्धुलीमा क्रिप्टो कारोबार गरेको आरोपमा दुई जना पक्राउ

सिन्धुली/सिन्धुलीमा प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका ७ का २९ वर्षीय सुजन कार्की र हरिहरपुरगढी गाउँपालिका १ का २६ वर्षीय योगेश भनिने प्रविण बोम्जन रहेका छन् ।

प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जनाकारी दिएमो छ । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *