पहिरोले घर पुरिँदा सिन्धुलीमा एक घाइते,पाँच घण्टापछि सकुशल उद्धार

सिन्धुली/सिन्धुलीमा लगातारको अविरल वर्षापछि गएको पहिरोमा घर पुरिँदा एक जना घाइते भएका छन् ।

आइतबार राति गोलन्जोर गाउँपालिका–४ तीनकन्या बेखटाँडीस्थित स्थानीय हेमबहादुर मगरको घर पहिरोले पूर्ण रूपमा पुरिँदा उनी घरभित्रै फसेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरी करिब पाँच घण्टाको लामो प्रयासपछि मगरको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

उद्धारपछि घाइते मगरलाई उपचारको लागि जिल्ल्ला अस्पताल सिन्धुली लगिएको थियो । हाल उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षासँगै पहिरोको जोखिम बढेकाले पहाडी तथा भिरालो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *