दुई दिने परियोजना समापन तथा सिकाइ आदान–प्रदान कार्यशाला सुरु

सिन्धुली/सिन्धुलीमाढीमा आजबाट दुई दिने परियोजना समापन तथा सिकाइ आदान–प्रदान कार्यशाला सुरु भएको छ ।

ह्याण्स नेपाल सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेश्नल सिन्धुलीको साझेदारीमा दुई दिने परियोजना समापन तथा सिकाइ आदान–प्रदान कार्यशाला सञ्चालन गरीएको हो ।

कार्यशालामा कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका युवा क्लब, किशोरी क्लब तथा बाल क्लबका गरी ४५ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरूले हासिल गरेका अनुभव, उपलब्धि तथा सिकाइहरू एक–आपसमा आदान–प्रदान गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउनको साथै सिकाइकाहरु र अनुभवहरु साझा गर्न परियोजना कार्यक्रमको आयोजना गरीएको परियोजना संयोजक रोशस तिम्लसिनाले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।त्यस्तै उहाँले कार्यशालाले युवा, किशोरी तथा बाल क्लबका सदस्यहरूबीच ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यशालामा विभिन्न समूहगत छलफल, अनुभव प्रस्तुतिकरण तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा गरिने समत गरीने छ । सहभागीहरूले परियोजनाले समुदायमा पारेको प्रभाव, सिकाइ तथा आगामी दिनमा अपनाउन सकिने रणनीतिबारे समेत छलफल गर्ने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार कार्यशाला भोलि समापन हुनेछ । कार्यक्रमबाट प्राप्त सुझाव तथा सिकाइलाई आगामी योजनाहरूमा समेट्ने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *