एकल महिलाहरुलाई बाटेको धुप बनाउने तालिम

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ मा एकल महिलाहरुको लागि बाटेको धुप बनाउने तालिम सुरु गरीएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर ४ को आयोजनामा सञ्चालन गरीएको तालिम मंगलबार बाट सुरु गरीएको हो । तालिम ३० गतेसम्म सञ्चालन हुने कमलामाई नगरपालिका वडा नम्बर ४ का सचिव रविन योञ्जले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिलालाई लक्षित गरी बाटेको धुप बनाउने तालिमको आयोजना गरीएको कमलामाई नगरपालिका वडा नम्बर ४ का अध्यक्ष महेन्द्र प्रशाद ढकालले सिन्धुली खबरलाई जानकारी दिनुभयो । त्यस्तै बाटेको धुप स्थानीय बजारमा राम्रो माग हुने र कम लगानीमा पनी सुरु गर्न सकिने वडा अध्यक्ष महेन्द्र प्रशाद ढकालले जानकारी दिनुभयो ।

३० गते सम्म सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्बर ४ मा सञ्चालन हुने तालिममा २० जना भन्दा धेरै एकल महिलाहरुको सहभागिता रहेको छ । सहभागिहरुले पनी तालिममालाई निकै चोसो र ध्यान दिएर सिकीरहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाको वडा नम्बर ४ ले हरेक वर्ष एकल महिलाहरुको लागि यस्ता प्रकारको विभिन्न तालिमहरुको आयोजना गर्दे आइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *