सिन्धुलीमा लागूऔषध सेवन गरी गाडी चलाउने ४ चालक पक्राउ

सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषध सेवन गरी सवारी चलाउने ४ जना चालकहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार आज बिहान करीव ९ ः४० देखि १०ः४० बजेसम्म कमलामाई नगरपालिका वडा नं. ४ हिरापानी स्थित चेकपोष्टमा चेकजाँच गर्दा ४ जना चालकहरुलाई पक्राउ गरीएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली, प्रहरी चौकी ढुङ्ग्रेबास र जनस्वास्थ्य कार्यालय सिन्धुलीको संयुक्त टोलीले चेकजाँच गर्दा उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । टोलीले वि पि राजमार्गमा चल्ने १२ वटा सार्वजनिक सवारी साधनहरुको चालक र सह–चालकको लागू औषध सेवनको चेकजाँच गरेको थियो । १२ वटा सार्वजनिक सवारी चेकजाँच गर्दा ४ जनामा पोजिटिभ देखिएको हो ।

उहाँको अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबार्री  नगरपालिका ४ बस्ने २५ वर्षका लक्ष्मण विस्ट, काभ्रेपलाञ्चोक नबोबुद्ध नगरपालिका १० का २९ वर्षीया सन्तोष न्यौपाने, मकवानपुर हेटौंडा उपमाहानगरपालिका १९ का ३० वर्षीया गोविन्द घिमिरे र सर्लाही ईश्वरपुर नपारपालिका १२ का २६ वर्षका शम्शेर बहादुर बजु रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई लागूऔषध सेवन मुद्दामा सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *