हरिहरपुरगढीमा दुई दिने शिविर सञ्चालन हुने
सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दुई दिने नि ःशुल्क शिविर सञ्चालन हुने भएको छ ।
गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशन गर्दैे १८ वर्ष उमेर सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि अपाङ्गता पहिचान संगै स्वास्थ्य परिक्षण तथा पुर्नस्थापना घुम्ति शिविर सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।
पालिकाको अनुसार नि ः शुल्क शिविर यहि आउँदो २४ गते पहिलो दिन पालिकाको सभाहलमा र दोस्रो दिन पालिकाको वडा नम्बर ८ को कार्यालमा सञ्चालन हुने छ ।
हरिहरपुरगढी गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपाको संयुक्त आयोजना सञ्चालन हुन लागेको शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएका भ्ााँचिएकोे, हड्डी नजोडिएको, खुट्टा लुलो र कमजोर भएको, डाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांडयो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको, हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि रोग लागेको जस्ता समस्याहरुको उचित परामर्श तथा उपचार गरिने छ ।
यसैगरी औलाहरु एक–आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जीनीहरु बाङ्गो वा खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धी समस्या, सहायक सामग्री तथा कृत्रिमअङ्गको आवश्यकता भएकाहरु, ओठ तथा तालु फाटेको जस्ता समस्याहरुको पनि शिविरमा उपचार हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले शिविरमा सेवा लिन आउने बालिबालिकाहरुलाई अस्पतालले दिएको कार्ड र लगाउन दिइएको सहायक सामग्री भएमा साथैमा ल्याउन समेत आग्रह गरेको छ । साथै मुंडे ओठ एवं तालु फाटेका समस्या भएका जुनकुनै उमेर समुहका व्यक्तिहरुले पनि शिविरमा सेवा लिन पाउने गाउँपालिकाले बताएको छ ।
शिविर बिहान ठिक ९ बजे देखि ३ बजेसम्म सञ्चालन हुने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।



