हरिहरपुरगढीमा लम्पी स्किन रोग विरुद्धको खोप सुरु

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले गाई,गोरु,भैंसी लगायत पशुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि आजबाट निःशुल्क लम्पी स्किन रोग विरुद्धको खोप सञ्चलन गरेको छ ।

पालिकाले हिजो मंगलबार एक सूचना प्रकाशन गर्दे आजबाट लम्पी स्किन रोग विरुद्धको खोप सञ्चलन हुने जानकारी दिएको हो ।

लम्पी स्किन रोग विरुद्धको खोप आज मंगलबार बाट सुरुभई २७ गते समापन हुने छ । खोप वडा नम्बर १ बाट सुरुभई वडा नम्बर २ मा आएर समापन हुने नपालिकाले जानकारी दिएको छ । खोप पालिकाको सबै वडाहरुमा सञ्चलन हुने छ ।पालिकाले किसानलाई आफ्नो आफ्नो वडामा गएर फाइदा लिन आग्रह समेत गरेको ।

लम्पी स्किन रोगका कारण पछिल्लो समय किसानहरुले निकै ठूलो नोक्सानी बेहोर्दै आएका थिए । निःशुल्क खोप आफ्नै वडा वडामा पुगेपछी पालिकाबाीहरुले गाई, गोरु, भैंसी लगायत पशुमा फैलिएका रोगहरुको नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

गाउँमै यस्ता प्रकारका निःशुल्क खोपपछि आए पश्चात पालिकाबासी निकै हर्षित छन् ।पालिकाले समय समयमा यस्ता प्रकारका निः शुल्क शिविरहरु सञ्चालन गर्दे आइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *