१९ औं गणतन्त्र दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम हुने
सिन्धुली/१९ औं गणतन्त्र दिवसको अवसरमा सिन्धुलीमा खुला रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ ।
खुला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोग सञ्चालन हुन लागेको हो ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाका अध्यक्ष सन्तोष कुमार बोहोराको अनुसार रक्तदान कार्यक्रम सिद्धबाबा उपशाखाको प्राङ्गण, ढुंग्रेबास बकेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुने छ ।
रगतका कारण अकालमै ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएकाले थोरै भएपनि मानिसहरुको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपसाखा सिन्धुलीका अध्यक्ष सन्तोष बोहोराले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
यही आउँदो १५ गते सञ्चालन हुने खुल्ला रक्तदान कार्यक्रम विहान ११ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । रेडक्रस सोसाइटी सिद्धबाबा उपसाखा सिन्धुलीले समय समयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।



