घ्याङलेखमा निःशुल्क शिविर समापन, ५२ जनाले गराए सफल शल्यक्रिया

सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकामा संञ्चालन गरीएको दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर तथा आँखा परीक्षण शिविरको समापन भएको छ ।

घ्याङलेख २ को कार्यालयमा संचालन भएको शिविरबाट पालिकाका ५२ जनाले मोतिबिन्दुको सफल शल्यक्रिया गराउन सफल भएका पालिकाले जानकारी दिएको छ।

गाउँपालिका भित्रका स्थानीयहरुलाई मोतिबिन्दु शल्यक्रिया गर्न र आँखा परीक्षण गर्न घन्टौँ हिँड्न नपरोस् थोरै भने पनी सहज होस भन्ने उद्देश्यले घ्याङलेख गाउँपालिकाको समन्वय र तिलगंगा आँखा अस्पतालको आयोजनामा शिविर गत आईतवार र सोमवार दुई दिन सम्म सञ्चालन गरीएको पालिकाले जानकारी दिएको छ ।

पालिकाले समय समयमा यस्ता धेरै प्रकारका शिविरहरु निःशुल्क रुपमा प्रदान गर्दे आईरहेको छ । शिविर बाट लाभ लिन पाउँदा स्थानीयहरु निकै हर्षित देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *