मरिणमा जंगली च्याउ खाँदा ६ जना बिरामी
सिन्धुली/सिन्धुलीमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार जिल्लाको मरिण गाउँपालिका ३ नक्कलीमा च्याउ खाएर विद्यालय गएका पाँच जना विद्यार्थी तथा एक जना महिला बिरामी भएका हुन् ।
उहाँको अनुसार आज दिउँसो करिब २ः३५ बजेको समयमा उनिहरु बिरामी भएका थिए । बिरामी उनिहरुलाई विद्यालयका शिक्षकहरूले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पु¥याएका थिए ।
उपचारका क्रममा तीन जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ ।
प्रहरीको अनुसार बिरामी हुनेहरूमा मरिण गाउँपालिका–३ नक्कली निवासी १४ वर्षीया संगिता सेन्चुरी, १६ वर्षीय मिलन सेन्चुरी, ९ वर्षीया ऋतिका विक, १० वर्षीया सुमित्रा विक, ६ वर्षीय कपिल विक र ७० वर्षीया हस्तमाया विक रहेका छन् ।
जस्मा प्रहरीका अनुसार संगिता सेन्चुरी र कपिल विकको अवस्था मध्यम रहेको छ भने हस्तमाया विकको अवस्था गम्भीर रहेको बताइएको छ । अन्य तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।



